चिनियाँ प्रविधि कम्पनी ह्वावेईले आफ्नो चीन सरकारसँग कुनै सम्बन्ध नभएको दाबी गरेको छ। उक्त कम्पनीका साइबर-सुरक्षाप्रमुख जोन सफिकले सांसदहरूलाई चीन वा अरू कुनै देशले ह्वावेईलाई कहिल्यै पनि \"कुनै अवाञ्छित काम\" गर्न नभनेको बताए।
बाहिरका विशेषज्ञलाई आफ्ना उत्पादनको विश्लेषण गर्न र तिनमा कुनै प्राविधिक त्रुटि रहेको भए त्यो पत्ता लगाउन दिन ह्वावेई तयार रहेको उनले बताए।
\"हामी संसारको अगाडि नाङ्गै उभिएका छौँ। तर हामी त्यसो गर्न दिन चाहन्छौँ किनभने त्यसले हामीलाई हाम्रा उत्पादनमा सुधार गर्न सघाउँछ,\" उनले भने। अरूले त्रुटि पत्ता लगाए आफूलाई लज्जाबोध नहुने उनको भनाइ थियो।
बिट्रेनको संसद्को विज्ञान तथा प्रविधि समितिले ह्वावेईलाई बोलाएर उसका उपकरणको सुरक्षा तथा चीन सरकारसँग सो कम्पनीको सम्बन्धबारे सोधेको थियो।
चीन सरकारले ह्वावेईका उपकरणमार्फत् जासुसी गर्न सक्ने भन्दै अमेरिकाले आफ्ना साझेदार राष्ट्रलाई ह्वावेईलाई फाइभजी सञ्जालमा प्रतिबन्ध लगाउन दबाव दिने गरेको छ।
\"उत्पादनको सुरक्षा कमजोर बनाउनेगरी हामीलाई चीन सरकार वा अरू कुनै सरकारले कहिल्यै पनि केही गर्न भनेको छैन,\" सफिकले भने।
सांसदहरूले चीनमा हुने मानवाधिकार उल्लङ्घनको विषयमा चासो व्यक्त गरेका थिए। त्यसमा शिन्जियाङ प्रान्तमा झन्डै १० लाख मुस्लिमलाई हिरासतमा राखिएको भन्ने प्रसङ्ग पनि थियो।
सन् २०१७ मा चीनमा जासुसीसम्बन्धी नयाँ कानुन बनेको परिप्रेक्ष्यमा ह्वावेईले शिन्जियाङ प्रान्तमा उपकरण आपूर्ति गरेको छ कि छैन भनेर पनि सांसदहरूले सोधेका थिए। सो कानुनले व्यक्ति तथा संस्थाहरूलाई चिनियाँ गुप्तचर निकायहरूलाई सघाउन बाध्य बनाउँछ।
सफिकले सो विषयमा ह्वावेईले चीन सरकारसँग स्पष्टीकरण मागेको र कुनै कम्पनीले त्यसो गर्नु नपर्ने स्पष्ट पारिएको बताए।
\"हामीले हाम्रा वकिलबाट यसको पुष्टि गराएका छौँ र पुन: क्लिफोर्ड चान्सबाट... हाम्रा कानुनी परामर्शदाताका अनुसार सुरक्षाको विषयमा ह्वावेईको मान्यता कमजोर हुनेगरी कहेी पनि गर्नुपर्दैन।\" क्लिफर्ड चान्स लन्डनमा मुख्यालय रहेको बहुराष्ट्रिय कानुनी परामर्शदाता हो।
सांसदहरूले के आफ्ना उपकरणमार्फत् यूकेको फाइफजी मोबाइल नेटवर्कमा ह्वावेईको परबाटै पहुँच हुन्छ भनेर सोधेका थिए।
उत्तर दिँदै सफिकले ह्वावेईले मोबाइल सञ्जाल सञ्चालकहरूलाई दूरसञ्चार उपकरण मात्र उपलब्ध गराउनेमा जोड दिए।
\"हामी सञ्जाल सञ्चालन गर्दैनौँ र हामीले सञ्जाल सञ्चालन नगर्ने हुँदा हाम्रो पहुँच सो सञ्जालमा हुने डेटामा हुँदैन,\" उनले भने।
उनका अनुसार यूकेमा फाइभजी नेटवर्क निर्माण गर्न आवश्यक विभिन्न उपकरण आपूर्ति गर्ने २०० आपूर्तिकर्तामध्ये ह्वावेई एउटा मात्र भएको उनको भनाइ थियो।
तर सञ्चालकले ह्वावेईको उपकरणमा समस्या भएको पाए रोमानियास्थित सहायताकेन्द्रले समस्या समाधान गर्न परबाटै त्यस्तो उपकरण हेर्न सक्नेछ।
सांसदहरूले फाइभजी सञ्जालमा कुनै प्रयोगकर्ता चिन्न सम्भव भए नभएको सोधेका थिए।
सफिकले मोबाइल फोन प्रविधिमा मोबाइल सेवा सञ्चालकले नेटवर्कमा जोडिराख्न निरन्तर प्रयोगकर्ताको फोन ट्र्याक गरिराख्नुपर्ने बताए।
अर्थात् सञ्चालकले सधैँभरि आफ्ना ग्राहकलाई ट्र्याक गरिराखेको हुन्छ।
ह्वावेईका उत्पादनमा प्रयोग हुने सामग्रीमा कुल ३० प्रतिशत मात्र आफूले बनाउने र बाँकी आपूर्तिकर्ताको एउटा सञ्जालबाट लिने गरेको उनले बताए। उनका अनुसार ह्वावेईले सुरक्षासम्बन्धी कुनै त्रुटि नहोस् भनेर त्यसो गरेको छ। बिबिसिबाट
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...


प्रतिकृया लेख्नुहोस्: