चितवन । अच्युतराज स्मृति प्रतिष्ठानले बुधबार भरतपुरमा पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । अच्युत स्मृति राष्टिय प्रतिभा पुरस्कारबाट सशस्त्र प्रहरीका विपद व्यवस्थापन समितिमा कार्यरत गोताखोर ओम सलामी मगर पुरस्कृत भएका छन् । अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले मगरलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्रले पुरस्कृत गरेको हो ।
उनलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार प्रदान गरेका थिए । २०६३ सालमा सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका मगरले २०६७ सालदेखि विपद व्यवस्थापन समितिमा रहेर पानीमा डुबेका तथा हराएकाहरुको खोजी कार्यमा संलग्न हँुदै आएका छन् । हाल उनी विपद व्यवस्थापन समिति कुरिनटार चितवनमा रहेर सेवा प्रदान गरिरहेका छन् ।
यो पुरस्कार हरेक वर्ष विपद व्यवस्थापनको क्षेत्रमा काम गर्ने देशैभरबाट एक जनालाई छनोट गरी प्रदान गरिँदै आएको प्रतिष्ठानका सचिव झलक गैरेले जानकारी दिए । प्रतिष्ठानले आशा अस्पताल भरतपुरकी डा. शारदा रानाभाट कँुवरलाई सम्मान गरेको छ । डा. कुँवरलाई प्रमुख अतिथि प्रचण्डले सम्मानपत्रले सम्मान गरेका थिए । प्रतिष्ठानले हरेक वर्ष सामाजिक सेवामा व्यस्त एक जनालाई सम्मान गर्दै आएको छ ।
सञ्चार उद्यमी अच्युतराज सुवेदीको २०७२ साल वैशाख १२ गतेको विनासकारी भूकम्पमा निधन भएको थियो । उनी दैनिक नेपालगञ्जका तत्कालीन प्रबन्ध निर्देशक थिए । दैनिक नेपालगञ्ज र परिवारले उनको नाममा प्रतिष्ठान स्थापना गरी मिडिया र विभिन्न सामाजिक संघसंस्थासँग सहकार्य गरेर विपद व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको प्रतिष्ठानले जनाएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: