गल्फ अफ ओमानमा भएको एउटा शङ्कास्पद हमलामा दुईवटा ट्याङ्करमा क्षति पुगेको छ। ती ट्याङ्करहरू विश्वकै व्यस्त तेल निर्यात मार्गमध्येको एउटा मार्गनजिकै थिए। दुईमध्ये एक ट्याङ्करका सञ्चालकले त्यहाँ विस्फोटन भएको र आग्लागी भएको बताएका छन्।
ती दुवै ट्याङ्करका टोलीलाई सुरक्षित स्थलमा सारिएको छ। गत मेमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि अमेरिकी प्रतिबन्ध लगाएपछि उक्त क्षेत्रमा तनाव चुलिएको छ।
अमेरिकीहरूले ती क्षेत्रमा इरानी हमलाको सम्भावना रहेको भन्दै आफ्नो सेनाको उपस्थिति बलियो बनाएको छ। पछिल्लो शङ्कास्पद हमलाबारे वाशिङटनले प्रतिक्रिया जनाउन बाँकी छ। तर संवाददाताले भनेका छन्, उसले उक्त हमलाको पछाडि तेहरानको हात रहेको शङ्का गरेको छ।
तेल ट्याङ्करहरूमा विस्फोटन भएपछि त्यसमा रहेका चालक दलका थुप्रै सदस्यको उद्धार गरिएको छ।
इरानले कोकुका करेजियसमा सवार २१ चालक दल र फ्रन्ट एल्टेयरमा सवार २३ जनाको उद्धार गरेको जनाएको छ भने अमेरिकाले पनि आफ्ना नौसेनाले केहीको उद्धार गरेको बताएको छ।
झण्डै पाँच महिनासम्म ओरालो लागेको तेलको भाउ बिहीवारको घटनापछि ४.५ प्रतिशतसम्मले बढेको ब्लूमबर्गले लेखेको छ।
तेल ट्याङ्करमा के कारणले विस्फोट भएको थियो भन्ने चाहिँ स्पष्ट भएको छैन। ती जहाजहरू अहिले संयुक्त अरब एमिरेट्सको फेजेराबाट ८० माइल र इरानबाट १६ माइलको दूरीमा छन्।
संयुक्त अरब एमिरेट्स जाँदै गरेका चारवटा तेल ट्याङ्करमा हमला भएको एक महिनापछि पछिल्लो घटना भएको हो।
संयुक्त अरब एमिरेट्स, साउदी अरेबिया र नर्वेले गत साता संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्लाई संयुक्त प्रतिवेदन प्रस्तुत गर्दै ती ट्याङ्करमा विस्फोट गराउने उपकरणहरू गोताखोरले राखेको बताएका थिए।
तर उनीहरूले त्यसको आरोप कुनै एउटा देशलाई भने लगाएका थिएनन्। उक्त घटनामा क्षति भने कम भएको थियो। आगो लागेको थिएन र कसैलाई पनि सुरक्षित स्थानमा लैजानुपरेको थिएन।
तर बिहीवार दुईवटा तेल ट्याङ्करमाथि भएको घटना चाहिँ गम्भीर रहेको बताइएको छ। बिबिसि
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: