भारतको दिल्लीबाट मुम्बईका लागि उडेको जेट एयरवेजको एउटा विमानको शौचालयमा विमान अपहरणसम्बन्धी नक्कली योजनापत्र राखेको अभियोगमा एक व्यापारीलाई आजीवन कारावासको सजाय सुनाइएको छ।
बिर्जु सल्ला नामक ती व्यक्तिले उक्त एयरवेजले आफ्नो दिल्ली सेवा बन्द गर्ने र सो विमानकी कर्मचारी रहेकी आफ्नी प्रेमिका आफूसँग बस्न मुम्बई जान सक्ने अपेक्षा गरेको बताएका छन्।
उनलाई पाँच करोड भारतीय रुपैयाँ जरिवाना पनि तिराइएको छ।
विमान अपहरणविरोधी भारतको नयाँ कानुनअन्तर्गत पहिलो पटक सल्लालाई मुद्दा चलाइएको थियो।
उक्त कानुनअनुसार न्यूनतम सजाय आजीवन कारावास हुन्छ भने अधिकतम सजाय मृत्युदण्ड हुन्छ।
सजाय पाएका व्यापारीले सन् २०१७ को अक्टोबरमा विमान चढ्नुअघि मुम्बईस्थित आफ्नो कार्यालयमा धम्कीपत्र लेखेको र छापेको स्वीकार गरेका छन्।
विमानमा १२ अपहरणकारी र थुप्रै विस्फोटक पदार्थ भएको दाबाी सो पत्रमा गरिएको थियो भने विमानलाई पाकिस्तानप्रशासित कश्मीर लैजानुपर्ने माग गरिएको थियो।
गन्तव्यदेखि ७७८ किलोमिटरवरै अहमदाबादमा विमानको आपत्कालीन अवतरण गरिएपछि सल्लालाई पक्राउ गरिएको थियो। त्यतिबेला जेट एयरवेजकी ती महिला कर्मचारीसँग उनको विवाहेतर सम्बन्ध थियो।
सल्लाले आफ्नी केटीसाथीलाई मुम्बई बस्न भनेको बताइएको छ। अनि उनले उक्त एयरवेजलाई बदनाम गरेपछि आफ्नी केटीसाथीले जागिर गुमाउन सक्ने र आफूसँग मुम्बईमा बस्न बाध्य हुने ठानेका थिए।
एक अनुसन्धानकर्ताले समाचारसंस्था एएफपीलाई बताएअनुसार सल्लाले विमान अपहरण नगरे पनि अपहरणसम्बन्धी पत्र राख्नु पनि भारतीय कानुनअनुसार अपहरणको प्रयाससरह भएको बताए।
फैसाला सुनाउँदै न्यायाधीशले भने, \"आफूले भोगेको पीडाको क्षतिपूर्तिस्वरूप जरिवाना रकमबाट विमानका प्रत्येक चालकले एक लाख रुपैयाँ पाउनेछन्।\"
आदेशअनुसार प्रत्येक विमानपरिचारिकाले ५० हजार र प्रत्येक यात्रीले २५ हजार रुपैयाँ पाउनेछन्।
सल्लाका वकिल रोहित वर्माले उक्त आदेशविरुद्ध पुनरावेदन गर्ने बताएका छन्।
आर्थिक सङ्कटमा परेपछि जेट एयरवेजले यसै वर्षको सुरुतिर सबै आन्तरिक तथा बाह्य उडानहरू बन्द गरेको थियो।
जेट एयरवेज कुनै बेला भारतको दोस्रो ठूलो वायुसेवा प्रदायक कम्पनी थियो।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: