चितवन । नेकपा अध्यक्ष प्रचण्डले अाफू राजनीतिमा अाउनुकाे कारण खाेलेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयले रामपुरमा आयोजना गरेको कृषि मेलाको शनिबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हिजो मैले कृषिमा स्नातक गर्दा यही अगाडिको कलेजबाट गरेँ । दस कठ्ठामा धानखेती गरेको थिएँ । मैले ट्याक्टर चलाउन सिकेको यही कृषि कलेजमा हो ।\' सामान्य किसानको छोरो हुनुको नाताले कृषिमा क्रान्ति गर्नु पर्छ भन्ने सोचेर राजनीतिमा होमिएँ- पुराना दिन सम्झँदै अध्यक्ष प्रचण्डले भने । उनले संविधान सभाको निर्वाचनपछि प्रधानमन्त्री बनेपछि अाफूलार्इ रामपुर क्याम्पसलाई कृषि विश्वविद्यालय बनाउनु पर्छ भन्ने सोच आएकाे बताए ।
उनले भने, \'समाजवाद हुनको लागि पर्याप्त उत्पादन र रोजगारी हुनु पर्छ । विज्ञान र प्रविधिको उच्च प्रयोग हुनु पर्छ । कृषिमा क्रान्तिकारी तरिकाले भिन्न इजरायल, कृषिमा प्रविधिको प्रयोगमा अगाडि रहेका चीन र भारतबाट हामीले सिक्नु पर्छ । कृषिमा आधुनिकीकरण गर्नु पर्छ । चक्लाबन्दीद्वारा सामुहिक खेती प्रणालीको आफ्नै मोडालिटीको विकास गर्न सकिन्छ ।’
राजनीतिक नेतृत्वको हैसियतले र यहाँ पढेको विद्यार्थी भएको नाताले कृषिमा क्रान्ति ल्याउने आकांक्षा लिएर अगाडि बढ्न जरुरी रहेको अध्यक्ष प्रचण्डले बताए । ‘यो विश्वविद्यालयको विकास हामी सबैको संकल्पलेमात्र सम्भव छ’ उनले भने, ‘जसका लागि योजनावद्ध ढंगले हामी अगाडि बढ्नेछौं ।’
अध्यक्ष प्रचण्डले कार्यक्रममा सम्मानित कृषकहरुलाई बधाई दिँदै कृषि मेलाको सफलताको शुभकामना दिए। शनिबारदेखि सुरु भएको मेला मंगलबार समापन हुनेछ । कृषि तथा वन विज्ञान विश्वविद्यालयले पहिलोपटक कृषि लाको आयोजना गरेको हो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: