Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उजिल्याउन प्रधानमन्त्रीको युरोप भ्रमण सफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट शनिबार सम्पन्न युरोप भ्रमण अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उजिल्याउन सफल भएको छ ।

सरकार प्रमुखको तहमा भएको यो भ्रमणले प्रधानमन्त्री ओलीकै शब्दमा ‘नेपाल देखिने र सुनिने राष्ट्रका रुपमा राम्ररी स्थापित हुन पुगेको छ भने नेपालप्रतिको चासो र आकर्षण बढ्न गएको छ ।’

नेपालको विकासका महत्वपूर्ण साझेदार राष्ट्रहरुसँग सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा सम्बन्ध विस्तार गर्दै जाने नेपालको परराष्ट्र नीतिलाई अपेक्षित परिणामउन्मुख गराउन पनि प्रधानमन्त्रीको यो भ्रमण सफल भएको ठानिएको छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन ९आइएलओ०को शतवार्षिकी समारोहमा सहभागी हुने सिलसिलामा प्रधानमन्त्रीबाट भएको संयुक्त अधिराज्य र फ्रान्सको औपचारिक भ्रमणले ‘समृद्ध नेपाल, खुशी नेपाली’ को अवधारणा साकार पार्न ती देशले सघाउने प्रतिबद्धता व्यक्त गर्नु मुलुककै निम्ति गौरव र गरिमाको विषय हो ।

शतवार्षिकी समारोहमा नेपालको सहभागिता र प्रधानमन्त्रीबाट भएको विशेष सम्बोधनले विश्व मानचित्रमा नेपाललाई वैदेशिक श्रमलगायत विषयमा मार्गदर्शक देशका रुपमा स्वीकारेको छ भने श्रम विवाद संवादबाट समाधान गर्ने र अन्तर्राष्ट्रिय श्रम मापदण्डलाई राष्ट्रिय कानूनमा आन्तरिकीकरण गर्ने राष्ट्रका रुपमा नेपालको पहिचान स्थापित भएको छ ।

आफू नेतृत्वको सरकारले श्रम र लगानीमैत्री ऐन नियम लागू गरेको, लगानीको प्रतिफल विनाझन्झट स्वदेश लैजान सकिने व्यवस्था गरिएकोजस्ता प्रगतिशील परिपाटीलाई नेपालले अङ्गीकार गरेको यथार्थ विश्वसामु प्रस्तुत गरेर प्रधानमन्त्री ओलीले लगानीकर्तालाई नेपालमा लगानी गर्न उत्प्रेरित गर्ने वातावरण बनेकोप्रति आश्वास्त पार्नुलाई भ्रमणको उपलब्धि मान्नुपर्छ ।

नेपालले सबैभन्दा पहिले दौत्य सम्बन्ध कायम गरेको तथा नेपालको विकास प्रयासमा लामो समयदेखि सघाउँदै आएको संयुक्त अधिराज्यको भ्रमण १७ वर्षपछि सरकार प्रमुखबाट हुनुलाई आपसी चासोका विषयमात्र नभई क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका मामिलामा विचारविमर्श गर्न मिलेको अवसरलाई उपलब्धि नै मान्नुपर्छ ।

विपक्षी दल तथा आलोचकले प्रधानमन्त्रीको फ्रान्स र बेलायत भ्रमणलाई असामयिक भन्नुलाई तर्कसङ्गत मान्न सकिदैन् । किनभने प्रधानमन्त्रीको यो भ्रमणले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का स्थायी सदस्य तथा अन्तर्राष्ट्रिय नीति निर्माणमा महत्वपूर्ण स्थान ओगट्ने प्रभावशाली देशसँगको सम्बन्ध उच्चस्तरमा नवीकरण भएको छ । नेपालको बदलिएको परिवेश र अन्तर्राष्ट्रिय जगत्मा पनि भएका नवीनतम परिवर्तन र बौद्धिक बहसका सन्दर्भमा नेपाल त्यसबाट अछुत रहन सक्दैन ।

अठार वर्षको अन्तरालमा भएको फ्रान्स भ्रमण पनि उत्तिकै महत्वपूर्ण छ । नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकीका सन्दर्भमा भएको यो भ्रमण आपसीहित र सहयोगका विभिन्न क्षेत्रमा सहकार्यलाई घनिभूत बनाएको छ भने पारस्परिक सहमतिले दुवै देशसँगको उच्च राजनीतिक तहमा संवादको थालनी हुनुलाई सकारात्मक मान्नुपर्छ ।

नेपालको विकासका प्राथमिकता, लोकतन्त्र र मानव अधिकारको संरक्षण, गरीबी र पछौटपनको अन्त्य गर्दै “अशान्तिबाट शान्तितर्फ, अस्थिरताबाट स्थिरतातर्फ र अविकसित अवस्थाबाट विकासको मार्गमा दह्रो पाइला चाल्ने राष्ट्रका रुपमा पहिचान स्थापित गर्न सघाउ पु¥याएको”, राष्ट्रको परिचय बाह्य जगत्मा कायम भएको फ्रान्स भ्रमणका सन्दर्भमा प्रधानमन्त्रीको यो अभिव्यक्ति मननीय छ ।

आपसीहित र चासोका विषयमा सहकार्य गर्ने र व्यापार, लगानी, पर्यटन एवं प्रविधि हस्तान्तरणमा प्रभावकारी ढङ्गबाट सहकार्य गर्दै अगाडि बढ्ने समझदारी बनेको छ । जलवायु परिवर्तनका नकरात्मक असरको प्रभाव कम गर्न तथा वातावरणीय सन्तुलन कायम राख्न दुवै देशले मिलेर द्विपक्षीय तथा अन्तर्राष्ट्रिय तहमा सहकार्य गर्ने वातावरण सिर्जना भएको छ ।

प्रधानमन्त्री ओलीको भ्रमणले सरकारी पक्षका अलवा बेलायतको संसद्का सदस्य र विपक्षी दलका नेतासँगको भेटघाटले नेपाल–बेलायत सम्बन्धलाई सुदृढ बनाउन थप योगदान पुगेको छ । विश्वविख्यात अक्सफोर्ड युनियनको सम्बोधनबाट चेतनशील एवं विद्वत् वर्गमा नेपालको पहिचान स्थापित गराउन र नेपालप्रति सुदूर भविष्यसम्म टिक्ने दिगो सद्भाव हासिल गर्न सहयोग पुगेको उनको विश्वास छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ प्रधानमन्त्री ओलीले नेपालको सामाजिक आर्थिक विकासमा बेलायत सरकारको दह्रो प्रतिबद्धता व्यक्त भएको छ, थप लगानी र पर्यटन प्रवद्र्धनमा सहयोगको मार्गप्रशस्त भएको बताउनुलाई उनको भ्रमण सफल रहेको मान्नैपर्छ ।

आपसीहित र चासोका विषयमा सहकार्य गर्ने र व्यापार, लगानी, पर्यटन एवं प्रविधि हस्तान्तरणमा प्रभावकारी ढङ्गबाट सहकार्य गर्दै अगाडि बढ्ने समझदारी बन्नु अनि जलवायु परिवर्तनका नकरात्मक असरको प्रभाव कम गर्न तथा वातावरणीय सन्तुलन कायम राख्न फ्रान्ससँग मिलेर द्विपक्षीय तथा अन्तर्राष्ट्रिय तहमा सहकार्य गर्ने वातावरण सिर्जना हुनुलाई कम आँक्न मिल्दैन ।

युरोपका विभिन्न मुलुकस्थित नेपाली राजदूतहरुको भेलालाई जेनेभामा सम्बोधन गर्दै नेपालको परराष्ट्र नीतिका प्राथमिकताबमोजिम राष्ट्रिय हित प्रवद्र्धनका लागि अझ सशक्त र प्रभावकारीरुपमा सक्रिय हुन निर्देशन दिनुका साथै प्रधानमन्त्रीले जेनेभास्थित विश्वविख्यात भौतिक विज्ञानसम्बन्धी युरोपेली अनुसन्धान केन्द्रमा भइरहेको ब्रम्हाण्डको उत्पत्तिसम्बन्धी अनुसन्धानबारे जानकारी लिएका थिए।

युरोप बसाईका क्रममा टर्कीका उपराष्ट्रपति, नर्वेका प्रधानमन्त्री र स्वीट्जरल्याण्डका पूर्वराष्ट्रपति एवं वर्तमान गृहमन्त्रीसँग भएका द्विपक्षीय भेटवार्ताले आपसी सम्बन्धलाई अझ सुदृढ र सुमधुर तुल्याउनका साथै आपसीहितका क्षेत्रमा सहकार्य प्रवद्र्धन गर्ने सहमति हुनुलाई सामयिक मान्नुपर्छ ।

सम्मेलनकै क्रममा नेपाल र यूएई तथा मरिससबीच छुट्टाछुट्टै द्विपक्षीय श्रम सम्झौता हुनु, नेपाल र टर्कीबीच वैदेशिक रोजगारीका क्षेत्रमा सहकार्यको प्रतिबद्धता व्यक्त हुनु भ्रमणको अर्को उपलब्धि हो ।

त्यसअघि आइएलओको शतवार्षिकी समारोहमा प्रधानमन्त्रीले श्रमिकका हकअधिकारको स्थापना एवं समग्र श्रम क्षेत्रमा नेपालले हासिल गरेको प्रगतिबारे अवगत गराएका थिए । उनले सामाजिक संवादका माध्यमबाट रुपान्तरण भएको उत्पादन सम्बन्धलाई दिगो बनाउन काम र जीवनबीच सन्तुलन आवश्यक रहेको बताउँदै सबै काम मर्यादित र सबै श्रमजीवी वर्ग संरक्षित हुनुपर्नेमा जोड दिएका थिए ।

प्रधानमन्त्रीले नेपालमा सबै प्रकृतिका काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइएको र बजारलाई खुकुलो बनाइएको जानकारी दिएका थिए । उनले श्रमको संसारले भन्ने गरेको अनौपचारिक क्षेत्रलाई कानूनी हिसाबमा औपचारिक बनाइएको यथार्थ पनि सुनाएका थिए ।

बेलायती राजकुमार ह्यारीसँग शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनःनिर्माण, नेपालले जैविक विविधता एवं वन्यजन्तु संरक्षणमा हासिल गरेको उपलब्धि र महिला तथा बालिका सशक्तीकरणका क्षेत्रमा गरेको प्रगतिबारे विचारविमर्श गरेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending