काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई राजपा नेता लक्ष्मणलाल कर्णले मन्त्री आकाशबाट आएको होइन् भनी व्यंग गरेका छन् । नेता कर्णले संसदीय समितिको निर्देशनलाई मान्दिन भन्ने मन्त्री आकाशबाट नआई संसदबाटै जन्मेको टिप्पणी गरेका हुन् ।
सोमबार संसदमा बोल्दै राजपा नेता कर्णले मन्त्रीले, लोकसेवा आयोगले संसदको निर्देशन नमान्ने भए कसको कुरा मान्ने भनि प्रश्न गरेका छन् । ‘समितिले निर्देशन दिएको छ । समितिको निर्देशन मान्दिन भनिकन मन्त्रीले भन्ने । मन्त्रीले जनम यही संसदबाट भएको हो । मन्त्री आकाशबाट आएको होइन् । मन्त्रीले बुझ्नुपर्छ, यो संसदले जन्माएको हो मन्त्री । र संसदीय समिति त्यो पनि संसदले हो’ कर्णले भने ।
देश कसले चलाएको छ ?
कर्णले संसदले दिएको निर्देशन कसैले नमान्ने हो भन देश कसले चलाएको छ भनि प्रश्न गरेका छन् । संसदमा बोल्दै कर्णले भने, ‘लोकसेवा आयोगका अध्यक्षले भन्छ म मान्दिन, प्रवक्ताले भन्छ म मान्दिन । अब कसको कुरा मान्ने ? संविधान पनि नमान्ने, कानून पनि नमान्ने, संसदलाई पनि नमान्ने हो भने यो देश कसले चलायो त ? कसले चलाईरहेको छ ?’ उनले एकजना मन्त्री र लोकसेवा आयोगले या देश चलाउन सक्छ भनि प्रश्न गरे ।
व्यवस्थालाई अपहरण गर्न पाईदैन्
संविधानको प्रस्तावनामै मुलुक समावेशी र समानुपातिक हुन्छ भन्ने कुरालाई स्वीकार गरिएको भन्दै कर्णले संविधानको व्यवस्थालाई अपहरण गर्न पाईदैन् भन्दै आक्रोश पोखेका छन् । उनले भने, ‘मौलिक अधिकारको धारा ४२ मा राज्यको सम्पूर्ण अंग अब समानुपातिक समावेशी हुन्छ भन्ने कुरा गरिएको छ । यो व्यवस्था संविधान गरेको रहेछ भने यो व्यवस्थालाई कुनै पनि कारणले कसैले अपहरण गर्न पाईदैन् ।’
उनले लोकसेवा आयोगको विरुद्धमा दिनहुँ निस्कीरहेको आन्दोलनलाई व्यवास्था नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: