Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

चितवनमा प्रहरीको 'अप्रेशन क्लिन चितवन अभियान', दुई दिनमा ९३ लागुऔषध प्रयोगकर्ता पक्राउ

चितवन। चितवनमा लागु औषध नियन्त्रणका लागि चितवन प्रहरीले \'अप्रेशन क्लिन चितवन अभियान\' सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा आएका नयाँ प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले दुई अघिबाट \'अप्रेशन क्लिन चितवन अभियान\' तीव्र पारेका हुन् ।

जिल्ला र मातहतका कार्यालयमा एक साथ सुरु गरिएको अभियानको पहिलो दिन जिल्लामा १५ जना र अन्य ठाउँमा गरि ४० जना लागुऔषधका प्रयोगकर्ता युवाहरुलाई पक्राउ गरेको एसपी मल्लले जानकारी दिए । भने दोश्रो दिन बुधबार पनि ५३ जनालाई पक्राउ गर्न आफ्नो टिम सफल भएको बताए ।

\'चितवनलाई अपराध नियन्त्रणमा अन्र्तराष्ट्रियमा अलग पहिचान दिने सुरुवातमै उद्धघोष गरि सकेको छु एसपी मल्लले भने, अपराधको जड नै लागुऔषधबाट हुन्छ, यसकारण पहिलो प्रथामिकता राख्दै तल्लो तहबाट नियन्त्रण गर्न \'अप्रेशन क्लिन चितवन अभियान\' हो ।

कअप्रेशन क्लिन अन्र्तगत अन्य अपराध नियन्त्रण र हिसां अन्त्यका कामहरु समेत आफुले गर्ने उनको भनाई छ । अभियान अन्र्तगत एसपीले पक्राउ गरेका ती युवाहरु आफै काउन्सीलिङ्ग गर्नेदेखि चुल्टेहरुको कपाल काट्ने सम्मको काम गरेका छन् ।

अभिभावकहरुलाई समेत ध्यानमा नदिदा कसरी आफ्ना छोराछोरीहरु कुलतमा फसेका छन् भनेर सचेतना जगाउन अभियान सफल सावित हुने उनको दावी छ ।

\'अभिभावकहरुले पनि आफ्ना बालबच्चा कहाँ गएका छन्, कस्ता मान्छेको संगत गरेका छन् भन्ने कुरा बुझ्न पर्यो उनले भने, बच्चाहरुको निगरानी गर्न पर्यो, त्यो भयो भने बल्ल लागुऔषध नियन्त्रण हुन्छ ।\'

पक्राउ परेका युवालाई एसपी मल्लले आफ्नै कार्यकक्षमा लागेर लागुऔषध नियन्त्रण बारेमा प्रशिक्षणसगैँ यसबाट हुने क्षति बारेमा जानकार बनाउने काम गरेका छन् ।

पक्राउ पर्नेमा १५ देखि २५ बर्षसम्म उमेर समुहका युवाहरु छन् । उनीहरु रातको समयमा र एकान्तमा बसेर लागुऔषध प्रयोग गरिरहको वेला पक्राउ गरिएको प्रहरीको भनाई छ ।

जिल्लामा ६० प्रतिशत लागुऔषधको प्रयोगकर्ता रहेको तथ्याक छ । यसलाई शुन्यमा झार्ने गरि आफुहरुले अभियान तीव्र पारेको एसपी मल्लले बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending