Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

रक्षा मन्त्रालयका ११३ कर्मचारी अन्योलमा

ओएण्डएम बनाउँदा गरेको त्रुटिका कारण कर्मचारीको दैनिकी गुनासो पोख्ने र ढोका ढकढक्याउने
काठमाडौं । रक्षा मन्त्रालयले सङ्गठनात्मकस्वरुप निर्धारण (ओएण्डएम) बनाउँदा गरेको त्रुटिका कारण ११३ कर्मचारी अहिले अन्योलमा परेका छन् ।

मन्त्रालयले सङ्गठन संरचना निर्माणका बेला नेपाली सेनाका विभिन्न १७ वटा एकाइमा रही विशेष सेवा दिइरहेका निजामती सेवाकै कर्मचारीलाई बेवास्ता गरिएका कारण मन्त्रालय मातहतकै केही कर्मचारीलाई समस्या आएको विभागीय कार्यसमिति रक्षा मन्त्रालयका अध्यक्ष पूर्णकान्त घिमिरेले जानकारी दिए ।

मन्त्रालयको साङ्गठनिक संरचनामा नपरेपछि अन्योलमा परेका कर्मचारी पछिल्लो समय दैनिकरुपमा मन्त्रालयमा आएर हारगुहार गरिरहेको उनी बताउनछन् । साङ्गठनिक संरचना बनाउँदा सिंहदरबारस्थित मन्त्रालयको मात्र दरबन्दी र पदस्थापनलाई नहेरिएका कारण ती कर्मचारी मर्कामा परेका हुन् ।

सैनिक मुख्यालयदेखि गठ्ठाघर, सुन्दरीजल, स्वयम्भू बारुदखानालगायतका ब्यारेकमा प्राविधिक ९जोखिमपूर्ण० कामका लागि भनी १३६ जनाको दरबन्दी कायम गरिएकामा हाल उक्त दरबन्दीमा ११३ जना निजामती कार्यरत छन् । उनीहरु प्रशासन, शिक्षा र प्राविधिक सेवाका जनशक्ति हुन् । “सङ्गठन संरचना बनाउँदा हामीले बिर्सिर्यांै अब तिमीहरु जहाँ जान्छौँ जाओ भनेर मन्त्रालयले भन्नु भएन, हाम्रो दरबन्दी सङ्घअन्तर्गत छ, हामीलाई विषय विज्ञका रुपमा खटाएर काम लगाइएको छ, सेनाले पनि हाम्रो माग गरिरहेको छ”, सुन्दरीजल आर्सनलका मेकानिकल सुपरभाइजर वसन्त थापा भन्छन् । ती ११३ मध्ये एक तिहाइ महिला कर्मचारी छन् । कार्यालय समय शुरु हुनासाथ मन्त्रालयको कोठाकोठा पुगेर गुनासो पोख्ने र ढोका ढकढक्याउने अहिले उनीहरुको दैनिकी बनेको छ ।

विसं २०७५ मा सङ्गठन संरचना बनाइए पनि उनीहरुको अभिलेख निजामती किताबखाना पठाउन छुट भएको मन्त्रालयले स्वीकार गरेको छ । पछिल्लो कर्मचारी समायोजनमा पनि उनीहरुलाई नसमेटिएको बुझिएको छ ।

“गत चैतअघि भएको सङ्गठन संरचनामा उहाँहरुको छुटेको छ, फेरि गरेर अर्थ र सामान्य मन्त्रालयमा पठाएका छाँै, सचिव तहमा पनि यसलाई कसरी छिटो व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ, उप्रधानमन्त्री एवं रक्षा मन्त्रीबाट समेत यो विषयलाई छिटो निष्कर्षमा पु¥याउन चासो व्यक्त भएको छ”, रक्षामन्त्रालयका प्रवक्ता बाबुराम गौतमले भन्नुभयो । पछिल्लो सङ्गठन संरचनाले रक्षा मन्त्रालयको दरबन्दी १०० कायम गरे पनि हाल ६३ जना कार्यरत रहेको बुझिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending