Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

यस्ता काम गर्नुभएको छ भने तपाईं मृत्युपछि नर्क जानुहुनेछ !

एजेन्सी । हिन्दु धर्मसँग सम्बन्धित विभिन्न शास्त्रमा मानिसले आफूले गरेका कर्म अनुसारको फल पाउने भनेर उल्लेख गरेको पाइन्छ । अर्थात् मानिसले जस्तो कर्म (काम) गर्छ त्यस्तै फल पाउँछ । मानिस सुखी हुने वा दुःखी हुने, सफल हुने कि असफल हुने भन्ने कुरा कर्मले नै निर्धारण गर्छ ।

त्यसो त गलत काम गर्ने व्यक्तिलाई पाप लाग्ने भनेर सबै धर्मसँग सम्बन्धित ग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ । हिन्दु धर्मसँग सम्बन्धित गरुण पुराणमा नराम्रा काम गर्ने व्यक्ति नर्क जाने भनेर उल्लेख गरिएको छ । गरुड पुराणकै आधारमा हामीले यहाँ केही नराम्रा कामबारे उल्लेख गरेका छौं । यस्ता काम गर्दा मानिसको मृत्यु भएपछि उसले नर्कमा जानुपर्ने र त्यहाँ पनि कठोर सजाय भोग्नुपर्ने गरुड पुराणमा उल्लेख छ ।

यी हुन् त्यस्ता कार्य,

नवजात शिशुको हत्या
गरुड पुरणामा नवजात शिशुको हत्या गर्ने ब्यक्ति नर्क जानेछ भनेर उल्लेख गरिएको । शिशु हत्यालाई महापाप समेत भनिएको छ । यस्ता मानिसलाई नर्कमा समेत कठोर सजाय मिल्ने उल्लेख छ ।

स्त्रीको अस्मितासँग खेल्ने
स्त्रीका लागि उनको अस्मिता सबैभन्दा ठूलो कुरा हो । कुनै पुरुषले महिलाको अस्मितामाथि खेलवाड गर्छ भने उक्त पुरुष नर्कमा जाने र त्यहाँ उसलाई कठोर दण्ड मिल्ने गरुड पुराणमा उल्लेख छ । त्यसैगरी गर्भवति महिलाको हत्या गर्नु पनि महापाप रहेको पुराणमा उल्लेख छ ।

विश्वासघात
आफूलाई विश्वास गर्ने ब्यक्तिलाई विश्वासघात गर्ने ब्यक्ति पनि नगरकगामी हुन्छ । विश्वासघातीलाई नरकमा कठोर सजाय मिल्ने गरुड पुराणमा उल्लेख छ । असल मान्छेलाई धोका दिने र अपशब्द बोल्ने पनि नर्क जान्छन् ।

पूजास्थलको अपमान
पूजा भैरहेको स्थानमा नराम्रो काम गर्ने तथा पूजास्थलको अपमान गर्ने व्यक्तिलाई पनि नगरकमा कठोर सजाय मिल्ने गरुड पुराणमा उल्लेख छ । कुनै पनि धार्मिक काम भैरहेको स्थललाई अपमान महापाप भएको पुराणमा उल्लेख छ ।

गरिव तथा अपाङ्गलाई सहयोग नगर्ने
आवश्यक परेका बेला गरिव वा अपाङ्गहरुलाई सहयोग नगर्ने र उपेक्षा गर्नेहरु मृत्यु पछि नरकमा जाने गरुड पुराणमा उल्लेख छ । यस्ता ब्यक्तिलाई पनि नरकमा कठोर सजाय मिल्ने पुराणमा उल्लेख छ ।

पाहुनाको अपमान गर्ने
घर आएका पाहुनाको अपमान गर्ने वा कुनै खानेकुरा नदिइ पठाउनेको पनि मृत्यु पछि नर्कको बास हुने पुराणमा उल्लेख छ । गरुण पुराण भन्छ, ‘घर आएकाहरुलाई विमुख फर्काउनु हुँदैन ।’

अरुको खुसी भंग गर्ने
आफ्नो खुसीको लागि अरुको खुसी भंग गर्ने व्यक्ति पनि मृत्युपछि नरकमा जाने गरुड पुराणमा उल्लेख छ । पुराणमा उल्लेख गरिएअनुसार अरुको खुशी खोस्नेले नरकमा कठोर सजाय पाउँछन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending