Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

चामल र जंकफुडमा होइन एनजिओको लागानी उत्पादनमुखी काममा हुनुपर्छ : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गैरसरकारी संस्थालाई उत्पादनमुखी काममा लगानी गर्न आग्रह गरेका छन् । आईतबार सरकारकारे नीति तथा योजना बारे मुख्यमन्त्रीको कार्यालयमा भएको छलफलमा शाहीले उत्पादन तथा स्वरोजगारमुखी कार्यक्रम ल्याउन गैरसरकारी संस्थालाई आग्रह गरेका हुन् ।

गैरसरकारी संस्थाहरु मार्फत आउने वजेट अनुत्पादक क्षेत्रमा खर्च भएको वताउँदै मुख्यमन्त्री शाहीले भने –‘तपाईहरु चामल र जंकफुड वितरणमा किन वजेट खेर फाल्नुहुन्छ ? बरु स्थानीय खाद्यान्नको उत्पादन, सिंचाई, कृषि सामाग्री वितरणका क्षेत्रमा काम गर्नुस ।’ मुख्यमन्त्री शाहीले वितरणमुखी कार्यक्रमले जनतामा परनिर्भरताको विकास गर्ने भन्दै उत्पादन तथा स्वरोजगारमुखी कार्यक्रम बनाउन आग्रह गरे ।

शाहीले गैरसरकारी संस्थाहरुलाई सरकारको योजना र प्रथामिकतामा रहेर काम गर्न पनि निर्देशन गरेका छन् । उनले आफुखुशी सरकारको प्राथमिकता नरहेको क्षेत्रमा काम नगर्न पनि निर्देशन गरे ।

अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको संगठन (एआइएन)को आयोजनामा भएको अन्तरक्रियामा मुख्यमन्त्री शाहीले गैरसरकारी संस्थाको कामको अनुगमन, मुल्याकन तथा नियमनलाई प्रभावकारी बनाउने योजना रहेकोसमेत प्रष्ट्याए । उनले सरकारको नीति, योजना र प्राथमिकताको क्षेत्रमा काम गर्ने संस्थालाई सरकारले प्रोत्साहनसमेत गर्ने बताए ।

कार्यक्रममा बोल्दै शाहीले कर्णालीको विकासको मुख्य प्राथमिकता सडक र विद्युत रहेकोमा भन्दै कर्णालीको गरिबी हटाउन र आर्थिक विकासको ढोका खोल्न भौतिक पुर्वाधारको विकास अपरिहार्य रहेको उल्लेख गरे ।

कार्यक्रममा सामाजिक विकास मन्त्री दल रावलले गैरसरकारी संस्थाहरुको काममा जवाफदेहिता र पारदर्शिताको खाँचो औल्याए । उनले विकास र समृद्धिको योजनामा सहभागी हुन सबैलाई आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाही, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष पुण्यप्रसाद रेग्मी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार भिमप्रकाश शर्मा, अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको संगठनका तर्फबाट प्रतिनिधिहरुको सहभागिता थियो ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy