काठमाडौं । घुससहित पक्राउ परेका तत्कालीन एमालेका पूर्वसांसद डोलबहादुर कार्कीलाई सर्वौच्चले दोषी ठहर गरेको छ । न्यायाधीशद्धय दीपककुमार कार्की र कुमार रेग्मीको इजलासले पूर्वसांसद कार्कीलाई दोषी ठहर गरेको हो । कार्कीलाई घुससहित रंगेहात पक्राउ परेका थिए ।
सर्वौच्चले पहिलो संविधानसभामा एमाले सांसद रहेका कार्कीसहित स्वामी ब्रह्मानन्द उदासीनलाई पनि दोषी ठहर गरेको छ। उनीहरूमाथि ४ लाख रुपैयाँ घुस लिएको आरोप लागेको थियो। सोमध्यै स्वामीको निवासबाट १ लाख रुपैयाँ बरामद भएको थियो। सो १ लाख रुपैयाँ असुल उपर गर्न समेत सर्वोच्चले आदेश जारी गरेको हो।
एमाले सांसद रहेका कार्कीले स्वामीसँग मिलेर प्रहरी इन्स्पेक्टर बनाइदिन्छु भन्दै घुस लिइरहेका बेला रंगेहात पक्राउ परेका थिए। स्याङ्जा स्थायी निवासी कार्कीलाई पक्राउ परेलगत्तै एमालले निलम्बन गरेको थियो ।
उनलाई ०६७ चैत्रमा विशेष अदालतले दोषी ठहर गर्दै ६ महिनाको कैद सजायँ सुनाएको थियो । उनी विशेषको फैसला विरुद्ध सर्वौच्च आए थिए । मंगलबार सो मुद्दाबारे फैसला सुनाउँदै सर्वौच्चले विशेषको फैसलालाई नै सदर गरेको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: