Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

बिहेको दबावकै कारण विद्यालय छाड्न बाध्य छन् बालिकाहरु

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–२ का १५ वर्षीया मनमाया (नाम परिवर्तन) विवाहको तयारीमा जुटेकी छिन् । सोही गाउँपालिका–२ स्थित बालहित माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत रहेकी ती किशोरी विवाहको तयारीमा पढाइ नै छाडिन् ।

“घरमा बसेर पनि पढ्ने वातावरण छैन, विद्यालय गएर मात्र के गर्नु भनेर बिहे गर्ने तयारीमा छु”, मनमायाले बताइन् । “सानै उमेरमा बालिकालाई विवाह गर्न बाध्य पार्ने हाम्रो सामाजिक संस्कार यस्तै छ”, सो विद्यालयका प्रधानाध्यापक नवलसिं बिरकट्टाले भने, “विशेष गरी गरीबी र चेतना अभावका कारण सानै उमेरमा विवाह गरेर पढाइ छाड्ने बालिका धेरै छन् यहाँ ।”

सोही विद्यालयकै कक्षामा ६ पढ्दै गर्दा फुलमाया (नाम परिवर्तन) को पनि बिहे भयो । उनी पनि बिहे गरेपछि विद्यालय आउनै छाडिन् । उनलाई पढ्ने उमेरमा विद्यालयभन्दा पनि घरधन्दाको बोझ थपिएपछि बीचमै विद्यालय छाड्न बाध्य भइन् ।

“घरपरिवार आफन्त सबैले बिहे गर्न दबाब दिए, बिहे गरेपछि पनि पढ्छु भनेको थिए तर घरबाट पठाएनन्, घरायसी कामधन्दाले एकछिन पनि फुर्सद छैन”, उनले भनिन् । पढ्ने रहर भए पनि घर परिवारमा पढ्ने वातावरण नै नभएको उनी बताउँछिन् ।

सोही विद्यालयमा पढ्ने श्यामबहादुर र बाटुली (नाम परिवर्तन) ले पनि विवाह गरे । उनीहरु विवाह नहुञ्जेलसम्म नियमित विद्यालय आउने जाने गर्थे । विवाह भएपछि अहिले नियमित विद्यालय आउनै छाडेका छन् ।

यो विद्यालयमा उमेर नपुग्दै विवाह गर्ने अधिकांश बालिका रहेका छन् । वर्षेनी पाँच/सात जनाको हाराहारीमा विद्यालय उमेरमा नै विवाह गरेर घरजम गर्ने गरेको प्रधानाध्यापक बिरकट्टाले बताए ।

“बिहेपछि बीचमै पढाइ छाड्ने अधिकांश छन् भने केही बालिका कहिलेकाहीँ मात्र विद्यालय आउने जाने गरेका छन्, बिहेपछि उनीहरुको पढाइमा नियमितता छैन”, उनले भने।

‘बिहेवारी बीस वर्ष पारी’ भन्ने गरिन्छ तर, पाल्पामा बालविवाह गर्ने र यसपछि बालिका यौन हिंसाको शिकार हुने क्रम बढ्दो देखिन्छ । नेपालको कानूनले २० वर्षमुनि विवाह गर्न निषेध गरेको छ । तर, कानूनबारे जानकारी नहुँदा र चेतना अभावका कारण धेरैजसो अभिभावकले विद्यालय उमेरमा नै छोरीलाई बिहे गरेर पठाउने गरिन्छ ।

कतिपयको पारिवारिक दबाब, कतिपयले आफ्नै रहरले बिहे गरी बालिका कलिलै उमेरमा घरजम गर्दै आइरहेका छन् । बिहे भएपछि बीचमै विद्यालय छाडेर घरायसी धन्दामा सीमित रहँदै आएको पाइएको छ ।

ग्रामीण भेगमा शिक्षाको चेतना अझै पनि अभिभावकसमक्ष नपुगेका कारण उमेर नपुग्दै आफ्ना सन्ततिको विवाह गरिदिँदा उनीहरु पढ्नबाट वञ्चित हुन पुगेको उनले बताए ।

विद्यालयले बालविवाह न्यूनीकरणका लागि बेला बेलामा अभिभावकलाई बोलाएर विभिन्न जनचेतनामूलक कार्यक्रम पनि गरिरहेको छ । विशेष गरी ग्रामीण भेगमा बसोबास गर्ने गरीब, विपन्न र आर्थिक तथा सामाजिक रुपमा पछाडि पारिएका समुदायका परिवारमा उमेर नपुग्दै छिटो विवाह गरेर वैवाहिक जीवनमा बाँधिने गरेको पाइन्छ ।

शहरोन्मुख हुँदै गरेका क्षेत्रमा बालविवाहको दर घट्दो अवस्थामा रहे पनि दुर्गम, विकट क्षेत्रका विद्यालयमा उमेर नपुग्दै बालिका विवाह गरेरबीचमै पढाइ छाडी घरजम गर्नेको सङ्ख्या धेरै रहेको नगरपालिकाका शिक्षा अधिकृत रमाकान्त अर्यालले बताए ।

“विद्यालयमा पुगेर अभिभावक, विद्यार्थीबीचमा बालविवाहले समाजमा निम्त्याउने परिणाम, कलिलै उमेरमा अभिभावक बन्दा स्वास्थ्यमा पार्ने असरजस्ता विषयमा
जनचेतनामूलक कार्यक्रम गरिरहेका छौँ”, नगर शिक्षा अधिकृत अर्यालले भन्नुभयो । विद्यालय उमेरमा नै विवाह गरेपछि उनीहरु घरायसी कामको बोझका कारण विद्यालय छाड्न बाध्य भएका छन् । पढ्ने चाहना हुँदाहुँदै पनि बीचमै पढाइ छाडेर घरजम गर्नुपर्ने बाध्यता छ ।

“विद्यालय पढ्न पुगेकी छात्रा १०÷११ वर्ष नपुग्दै विवाह बन्धनमा बाँधिनुपर्ने बाध्यता हुन आउँछ । जसले उनीहरु पढाइ छाड्न बाध्य हुन्छन् । अहिले यो समस्या सामाजिक परम्परा बनिरहेको छ”, शिक्षा अधिकृत रमाकान्त अर्यालले भने ।

भएको नियम कानूनबारे चेतना नहुँदा पनि सानै उमेरमा विवाह गर्ने प्रचलनले बाल यौन हिंसा बढाएको छ, उनले भने, “सानै उमेरमा विवाह गर्दा विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या बढ्दै गई यसले बाल यौनहिंसासमेत बढाएको छ ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending