Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

नेकपाको रञ्जित तामाङ जिताउन ५ सय ५५ सदस्यीय निर्वाचन समिति गठन

खबरडबली संवाददाता

दमक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले झापा–५ निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार रञ्जित तामाङको जीत सुनिश्चित गर्न ५५५ सदस्यीय मूल निर्वाचन परिचालन समिति गठन गरेको छ। शनिबार दमकमा आयोजित निर्वाचन क्षेत्रस्तरीय भेलाबाट यो समिति घोषणा गरिएको हो।

समितिको नेतृत्व पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतले गर्नेछन्। बस्नेत राष्ट्रिय युवा परिषद्का निवर्तमान कार्यकारी उपाध्यक्ष पनि हुन्। नवठित समितिमा पार्टीका अन्य केन्द्रीय सदस्यहरू, प्रदेश समिति सदस्यहरू, जिल्ला र पालिका समिति पदाधिकारीहरू तथा वडास्तरीय पदाधिकारीहरू समावेश छन्।

केन्द्रीय सदस्य प्रविण चाम्लिङले अनुगमन समिति प्रमुखको जिम्मेवारी लिएका छन्।

चुनावी अभियानलाई तिव्रता दिन ४९ सदस्यीय सचिवालय समेत गठन गरिएको छ, जसमा केन्द्रीय सदस्य, प्रदेश सदस्य र पालिका अध्यक्षहरू रहेका छन्।

मुख्य पदाधिकारीहरू यस प्रकार छन्:

संयोजक: सुरेन्द्र बस्नेत

सदस्य सचिव: सन्तोष गौतम

प्रचारप्रसार विभाग प्रमुख: दिपेनवाला राई

आर्थिक विभाग प्रमुख: वीरेन्द्र बस्नेत

वार्ता तथा अन्तरपार्टी समन्वय: गगन पुरी

स्वयंसेवक विभाग प्रमुख: डम्बर पुलामी

अन्य विभाग प्रमुख र समन्वयकर्तास् शिक्षक–बुद्धिजीवी(रमेश गुरागाईं), महिला (अनिषा झाँगर), क्षेत्र बाहिरका मतदाता (ओम बस्नेत), सुकुमबासी (बेदु गौतम), मजदुर (प्रशान्त भण्डारी), उम्मेदवार प्रतिनिधि (शंकर बस्नेत), जबस मोर्चा(हुकुम संह), जेष्ठ नागरिक(नगेन्द्र सावा)

कार्य विभाजन अनुसार पालिकाहरूको जिम्मेवारी:

दमक: वीरेन्द्र बस्नेत

कमल गाउँपालिका: दिपेनवाला राई

गौरदह: गगन पुरी

गौरीगञ्ज: कार्यालय

निर्वाचन अभियानको कार्यक्रम:

१२ गते: सबै पालिकाको बैठक

१३ गते: सबै वडाहरूको बैठक

१४ गतेदेखि: घरदैलो कार्यक्रम सुरु

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला टी-२० विश्वकप : पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले आफ्नो तेस्रो खेलमा जिम्बाबेलालाई ६ विकेटले पराजित गर्दै पहिलो जीत हासिल गरेको छ। शनिबार त्...

उपल्लो मुस्ताङमा दोस्रोपटक हिमपात

मुक्तिनाथ। उपल्लो मुस्ताङमा शनिबार विहानदेखि यस सिजनको दोस्रो पटक हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाको बस्ती ...

हिमपातसँगै मुगुको जनजीवन प्रभावित

मुगु। चिसो बढेसँगै जिल्लाको विभित्र ठाउँमा हिमपात सुरु भएको छ । शुक्रबार रातिदेखि नै परेको हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातका कारण जिल्लाको...

बालेन शाहले मधेशी श्रमिक र फुटपाथ व्यवसायीलाई काठमाडौंबाट लखेटे: प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पूर्व काठमाडौं मेयर र हाल रास्वपा नेता बालेन शाहमाथि मधेशी श्रमिक, साना व्याप...

नयाँ दलप्रति ओलीको टिप्पणी: भोलि कहाँ जाने केही थाहा छैन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ आएका राजनीतिक दलहरूको भविष्यबारे केही पनि निश्चित नभएको टिप्पणी गरेका छन्। शनिबार पार्टी मुख्या...

रास्वपासँग कुनै पदको बार्गेनिङ गरिन: कुलमान घिसिङ

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपासँगको एकताका क्रममा आफूले कुनै पदको बार्गेनिङ नगरेको स्पष्ट पारेका छन्। शनिबार काठमाडौ...

विवादित सेयर कारोबारी दीपेन्द्र अग्रवाल नेकपा एमाले प्रवेश, ओलीले गरे स्वागत

काठमाडौं । विवादित सेयर कारोबारी दीपेन्द्र अग्रवाल एमालेमा प्रवेश गरेका छन्। शनिबार एमाले मुख्यालय, च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली...

अमेरिकामा हिउँदे आँधीको असर: लाखौं परिवार प्रभावित हुने सम्भावना

एटलान्टा। अमेरिकाको पूर्वी क्षेत्रका दुई–तिहाइ भूभागमा शक्तिशाली हिउँदे आँधीको पूर्वानुमान गरिएसँगै करोडौं मानिस विद्युत आपूर्ति अवरुद्ध हुने र घर तता...

नेकपाको रञ्जित तामाङ जिताउन ५ सय ५५ सदस्यीय निर्वाचन समिति गठन

दमक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले झापा–५ निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार रञ्जित तामाङको जीत सुनिश्चित गर्न ५५५ सदस्यीय मूल निर्वाचन परिचालन...

जिम्बाब्वेविरुद्धको खेलमा बलिङ गर्दै नेपाल

काठमाडौँ। आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत जिम्बाब्वे विरुद्धको खेलमा नेपालले टस जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending