काठमाडौं । डा. बाबुराम भट्टराईको बौद्धिकता बारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिप्पणी गरेका छन् । प्रचण्डले बाबुरामको बौद्धिकताले सकारात्मक परिणाम नल्याएको भन्दै बाबुरामको बौद्धिकता कम्युनिष्ट आन्दोलनमा मात्रै हुने टिप्पणी गरे ।
डा. बाबुराम भट्टराई संयोजक रहेको समाजवादी पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले बाबुरामको बौद्धिकताले कम्युनिष्ट आन्दोलन भित्र मात्रै अवसर पाउने बताए । ‘बाबुरामजीको बौद्धिकताले अन्त गएर कहीँ सकारात्मक परिणाम दिएको देखिँदैन’, अध्यक्ष प्रचण्डले भने, ‘कम्युनिस्ट आन्दोलनसँग जोडिएर मात्र त्यसको महत्व हुने हो।’
प्रचण्डले बाबुरामलाई नेकपामा आएर बौद्धिकताको सदुपयोग गर्न आग्रह गरेका छन् । प्रचण्डले कम्युनिष्ट पार्टीले पाएको अवसरलाई सदुपयोग गर्न बाबुरामलाई आग्रह गरे ।
के सम्मान चाहिन्छ हामी गर्छौं, एक भएर आन्दोलनलाई अगाडि बढाऔं
प्रचण्डले कम्युनिष्ट आन्दोलनका पुराना नेताहरुलाई नेकपामा आउन आग्रह गरेका छन् । मोहन विक्रम सिंह, चित्रबहादुर के.सी., नारायणमान विजुक्छेलगायतका नेतालाई प्रचण्डले नेकपामा आएर कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन आग्रह गरे । कम्युनिष्ट आन्दोलनलाई उठाउन भूमिका खेल्ने नेताहरुलाई आफुँहरुले सम्मान गर्न कुनै कसर बाँकी नराख्ने बताए ।
‘हामीलाई युवा अवस्थामा प्रशिक्षित गर्ने मोहन विक्रम सिंह, चित्रबहादुर के.सी. हुन् । उहाँहरुलाई कसरी सम्मान गर्ने होला ?’ प्रचण्डले भने, ‘उहाँहरुलाई के सम्मान गरेदेखि राष्ट्रको एकताको निम्ति, कम्युनिष्ट आन्दोलनको एकता निम्ति आउनुहोला भन्ने चिन्ता मलाई लाइराख्छ ।’ प्रचण्डले जुनसुकै खालको सम्मान गरेर भएपनि पार्टीमा ल्याउन तयार भएको बताए ।
उनले नेमकिपाका अध्यक्ष नारायणमा विजुक्छे पनि सँगै हुनुपर्ने भन्दै एकतामा आउन आग्रह गरे । उनले पुराना नेताहरुलाई अगाडि बढ्नको निम्ति सुझाव दिन आग्रह गरेका छन् ।
उनले आफ्ना गुरु भनेर चिनिने मोहन वैधलाई पनि सँगै आउन आग्रह गरे । उनले बैधलाई कसरी बुझाउने भन्ने चिन्ता लागेको बताए ।
विप्लवहरु नहुनी र असम्भव बाटोतर्फ
प्रचण्डले बिप्लवहरु नहुनी र असम्भव बाटोतर्फ बल गरेको टिप्पणी गरेका छन् । ‘प्रचण्डले बाटो बिराएर कता–कता गयो, म चाहिँ सोझ्याउँछु भन्ने विप्लवहरु नहुनी र असम्भव बाटोतर्फ बल गर्नुभाछ ।’ प्रचण्डले भने, ‘नगर्नुस् बल । कम्युनिष्टहरुकै बहुमत भएको सरकारबाटै सामाजिक न्याय, समानता र समृद्धिको लागि प्रयास भएको बेलामा उहाँहरुको बलबुद्धि यहाँ पो लगाउनु पर्ने हो ।’ प्रचण्डले विप्लवलाई कम्युनिष्ट सरकारलाई सहयोग गर्न आउन आग्रह गरेका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: