Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

स्वास्थ्यमा सबैको पहुँच विस्तारकोे प्रयास भइरहेको छ : उपप्रम यादव

काठमाडौ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले साविकका जिल्ला अस्पताललाई द्वितीय श्रेणीको अस्पतालमा स्तरोन्नति गरी स्त्री, बाल र शल्यचिकित्सा विज्ञसहितका जनशक्ति उपलब्ध गर्ने काम भइरहेको बताए छन् ।

विनियोजन विधेयक, २०७६ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित विभिन्न शीर्षकको विनियोजन बजेट र कार्यक्रमबारे राष्ट्रियसभामा सांसदहरुले गरेको प्रश्नको जवाफ दिँदै उनले सुदूरपश्चिमको डोटी र वीरगञ्जस्थित नारायणी अस्पताललाई सङ्घीय अस्पतालसरह स्तरोन्नति गरी विशिष्टकृत अस्पतालका रुपमा सञ्चालनको प्रयास भइरहेको जानकारी दिए ।

उपप्रधानमन्त्री यादवले भने, “वीर अस्पतालप्रति जनताको ठूलो आशा, भरोसा
र विश्वास छ, अहिले त्यहाँ दैनिक दुई हजार २०० ले सेवा लिइरहेका छन्, अस्पतालको सिटिस्क्यान र एमआरआई सेवा अहिले राम्रोसँग सञ्चालनमा आइरहेको छ ।”

आम जनतामा आधारभूत स्वाथ्य सेवा पुर्याउन मन्त्रालयले विभिन्न योजना बनाएर काम गरिरहेको बताउँदै उनले अति विपन्न समुदायलाई स्वास्थ्य सेवाका लागि गरिने बीमाको प्रिमियम सरकारले व्यहोर्नेछ भने ।

उपप्रधानमन्त्री यादवले भन्नुभयो, “मुलुकका ४६ जिल्लामा स्वास्थ्य बीमा सञ्चालनमा रहेको छ, अहिले स्वास्थ्य क्षेत्रलाई छुट्याएको बजेटले सबैलाई स्वास्थ्य सेवा पुर्याउन कठिन छ, यद्यपि स्वास्थ्यमा सबैको समतामूलक पहुँच विस्तार गर्र्ने प्रयास भइरहेको छ, हरेक स्थानीय तहमा कम्तीमा एक स्वास्थ्य संस्था पुर्याउने लक्ष्य छ ।”

देशभर अहिले ८० वटा सर्पदंश केन्द्र सञ्चालनमा रहेको तथा स्वास्थ्य संस्थाबाट प्रदान गर्ने सेवाको गुणस्तरका लागि मापन तयार गरिएको बताउँदै उनले एक चिकित्सक एक स्वास्थ्य संस्थाको अवधारणा लागू गरिने प्रतिबद्धता जनाए । उपप्रधानमन्त्री यादवले भने, “आयुर्वेद छाँयामा परेको छैन । गुणस्तरीय सेवा प्रदान गर्न दक्ष जनशक्ति र अत्याधुनिक प्रयोगशाला र उपकरण आवश्यक पर्छ तर त्यो हामीसँग कमजोर अवस्थामा छ ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy