Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

प्रतिनिधिसभा बैठक एकाएक स्थगित भएको सुन्दा अचम्म लाग्यो - सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको आजको बैठक स्थगन गरिएको घटनाप्रति आपत्ति जनाएका छन् ।

संसद्भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले मुलुकमा विपद् स्थिति भएको बेला पीडितको सहयोगका लागि सम्पूर्ण संसद् एकढिक्का छ भन्ने सन्देश दिनुपर्नेमा सूचना टाँसेर बैठक एकाएक स्थगन भएको सुन्दा अचम्म लागेको बताए ।

सभापति देउवाले भने, “बाढी, पहिरो र डुबानबाट ६३ जनाको मृत्यु भएको भन्ने खबर आएको छ, यस्तो बेलामा सम्पूर्ण संसद् एक भएर छलफल गरी सहयोगका लागि एक ठाउँमा छौँ भन्ने सन्देश दिनुपर्छ, सदनमा छलफल गराँै, सहयोगका लागि जुटाँै भनेर हामीले प्रस्ताव राख्दा किन अचानक बैठक स्थगन गरियो, यत्रो गम्भीर र मानवीय कुरामा छलफल गर्न नदिने भन्ने कुरा अच्चम छ ।”

आफूहरुले छलफलका लागि राखेको सार्वजनिक महत्वको प्रस्तावमा सभामुख सकारात्मक रहे पनि सत्तापक्षका कारण बैठक स्थागित भएको बताउँदै उनले भने, “यो गर्नै नहुने भयो, राष्ट्र यत्रो विपद्मा परेको बेला छलफल गरौँ भन्दा बैठक नै रोकिने भनेको कहीँ नभएको कुरा हो । यस्तो बेलामा झन् बढी छलफल गर्नुपथ्र्यो ।”

सोही पार्टीका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रकृति प्रकोपका विषयमा छलफल गर्न सदन चलाऔँ, सरकारले त्यसमा जवाफ देओस्, सदनले सरकारलाई सहयोग पुग्ने वातावरण बनाऔँ भनेकामा सरकारले त्यसलाई गम्भीरतापूर्वक नलिएको बताए ।

उनले भने, “बाढी, पहिरो र डुबानबाट मुलुकका विभिन्न भागमा ६० जनाभन्दा बढीको ज्यान जानाका साथै हजारौँको सङ्ख्यामा घर क्षति भएको छ, विपद्को सामना गर्न, पीडितलाई राहत उद्धार गर्न सत्तापक्ष र प्रतिपक्ष एक ढिक्का भएरै सामना गरौँ भनेर ल्याएको सार्वजनिक महत्वको प्रस्तावलाई सरकारले गम्भीरतापूर्वक लिएन ।”

भूकम्पका बेला पनि सदन एक ढिक्का थियो भन्दै प्रमुख सचेतक खाँणले सभामुख सकारात्मक भए पनि सत्तापक्षले नमानेका कारण बैठक स्थागित भएको आरोप लगाए । सर्लाहीलगायतका जिल्लामा मानवअधिकारको हनन भएको तथा नागरिक अधिकार उल्लङ्घन भएको जनाउँदै नेपाली काङ्ग्रेसले ती घटनाको संसदीय छानबिन होस् भनी सदन अवरोध गर्दै आएको थियो ।

मुलुकमा यो बीचमा बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएकाले यो विषयमा राष्ट्रिय जनता पार्टी ९राजपा० लगायतका दलले पनि सदनमा छलफल गरौँ, मिलेर प्रभावित क्षेत्रमा राहत र सहयोग गरौँ भन्दा सरकारले बेवास्ता गरेको उनले बताए ।

राजपाका नेता लक्ष्मणलाल कर्णले बाढीपहिरोबाट भएको जनधनको क्षतिबारे जानकारी प्राप्त होस्, छलफल गरौँ, सरकारले जवाफ देओस् भनी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेकामा यहाँ आइपुग्दा बैठक स्थगन भएको जानकारी पाउँदा अचम्म लागेको प्रतिक्रिया दिए । यसअघि नेपाली काङ्ग्रेस र राजपाले बाढीपहिरो र उद्धार कार्यसँग जोडेर सार्वजनिक महत्वको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending