काठमाडौं । अाज मंगलबार राती चन्द्रग्रहण लाग्न गइरहेको छ । यसवर्ष अषाढ मसान्तको पूर्णिमाका दिन गुरु पूर्णिमाका दिन चन्द्र ग्रहण भइरहेको छ । नेपाल, भारतका साथै अष्ट्रेलिया, एशिया, यूरोप, अफ्रिका र दक्षिण अमेरिकामा देखिने यो ग्रहण नेपालमा भने राती एक बजेर ४५ मिनेटमा शुरु हुने छ । यसको मोक्ष भने बिहान ४ बजेर ४५ मिनेटमा हुनेछ ।
यो वर्षको चन्द्र ग्रहणको अवसरमा १ सय ४९ वर्ष अघि बनेको दुर्लभ योग बनिरहेको छ । १२ जुलाई १८७० का दिन गुरु पूर्णिमाका दिन चन्द्रग्रहण लागेको थियो । त्यतिखेर पनि शनि, केतु र चन्द्रसँगै धनु राशीमा अवस्थित थिए । सूर्य भने राहुसँग मिथुन राशीमा थियो ।
कुन राशीमा कस्तो असर ?
मेष
यो राशीका लागि ग्रहणको योग शुभ हुने देखिन्छ । यो राशी भएकाहरुलाई सफलतासँगै मानसम्मान पनि पाइने छ । धन पाउने सम्भावना समेत रहेको छ ।
वृष
वृष राशीका लागि समय कष्टदायी हुने देखिन्छ । सावधानीपूर्वक काम गर्नुपर्नेछ । धनहानीको योग देखिन्छ ।
मिथुन
मिथुन राशीका लागि समेत त्यति राम्रो लाभ देखिन्न । काम समयमा पुरा नहुँदा बाधा आउन सक्छ । नआत्तिएर धैर्यता राख्नु वेश हुने छ ।
कर्क
कर्क राशीका लागि उत्तम समय छ । काम तत्काल हुने र आशा अनुरुप फल पनि पाइने छ । सुखद वातावरण रहनेछ ।
सिंह
सिंह राशीका व्यक्तिलाई तनाव बढन सक्छ । विघ्नवाधाका कारण कुनै काममा मन नलाग्न शक्छ । मन शान्त राख्नुस । केही समयपछि समय तपाईको पक्षमा हुनेछ ।
कन्या
चिन्ता बढन सक्छ । जागिरमा अधिकारीहरुको सहयोग नपाउँदा मन उदास हुन सक्छ । बन्न लागेका काम पनि बिग्रिन सक्छन् ।
तुला
लाभदायक समय छ । सोचेका काम पुरा हुनेछन् । अविवाहितहरुलाई विहेको प्रस्ताव आउन सक्छ । प्रेमी प्रेमीकालाई उत्तम समय छ ।
वृश्चिक
तपाईले सावधान हुनुपर्ने समय छ । अलिकति पनि लापरवाहीले हानी हुनसक्छ । कुनै पनि काम गर्दा सोचेर मात्रै अघि बढनुहोला ।
धनु
सतर्कता राख्नुपर्ला । कुनै करिबी व्यक्तिले धोका दिन सक्छ । जागिरमा नोक्सानी हुने योग बनिरहेको छ । सावधानी आवश्यक छ ।
मकर
तपाईका लागि संघर्षमय समय छ । पुराना योजना विफल हुन सक्छन । कुनै अपरिचित व्यक्तिमाथि भरोसा नगर्नुस ।
कुम्भ
यो राशीका लागि समय शुभ हुने देखिन्छ । प्रगति हुने र जागिरमा पदोन्नतीको सम्भावना छ । काम समयमा पुरा हुने र वर्चश्स बढन सक्छ ।
मीन
तपाईको यात्राको योग बनेको छ । र, यो यात्राबाट लाभ पाइने देखिन्छ । भविष्यलाई लिएर प्रसन्न हुनुहुनेछ ।
सुतकको समय
चन्द्र ग्रहणको सूतक ग्रहण शुरु हुनभन्दा ९ घण्टा अघि नै शुरु हुन्छ । सूर्य ग्रहणको सूतक १२ घण्टा अघि शुरु हुन्छ । त्यसैले भोली चन्द्र ग्रहणको सूतक दिउँसो १.४५ बजेबाट शुरु भएर पर्सी बिहान ४ बजेर ४६ मिनेटसम्म रहनेछ । यो सामग्री तपाई एभरेष्टदैनिक डटकममा पढ्दै हुनुहुन्छ ।
धार्मिक मान्यता अनुसार, सुतक अघि पूजा पाठ गर्ने परम्परा रहेको हुन्छ । यो दिन गुरुको पुजा गरिन्छ । सूतक काल अघि नै पूजा गर्नुपर्छ ।
ग्रहणको अन्य फल
शनि र केतु ग्रहणको समयमा चन्द्रसितै धनु राशिमा रहनेछन । यसले गर्दा ग्रहणको प्रभाव झनै बढाने छ । सूर्यसँग भने राहु र शुक्र हुनेछन् । सूर्य र चन्द्र चार विपरित ग्रह शुक्र, शनि, राहु र केतुको घेरामा रहनेछन् । यो सामग्री तपाई एभरेष्टदैनिक डटकममा पढ्दै हुनुहुन्छ । मंगल नीचको रहनेछ । यी ग्रहहरुको योगले तनाव बढन सक्छ । भूकम्पनको खतरा हुनेछ । बाढी, तूफान र अन्य प्राकृतिक प्रकोपले नोक्सानी हुने र राजनीतिमा विवाद र अस्थिरताको योग छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: