Khabar Dabali ८ श्रावण २०८३ शुक्रबार | 24th July, 2026 Fri
Investment bank

स्वकीय सचिवको तलबभत्ता नलिने सांसद श्रीराम न्यौपानेको घोषणा

खबरडबली संवाददाता

तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले सरकारले स्वकीय सचिवका लागि उपलब्ध गराउने तलबभत्ता तथा अन्य सुविधा नलिने घोषणा गरेको छ।

शुक्रबार जारी गरिएको वक्तव्यमा सांसद न्यौपानेले जनतासँगको प्रत्यक्ष संवादका क्रममा स्वकीय सचिवका लागि उपलब्ध हुने सरकारी सुविधा नलिन सुझाव प्राप्त भएको उल्लेख गर्दै जनभावनाको सम्मानस्वरूप उक्त निर्णय गरेको जानकारी दिएको हो।

उनले राजनीति व्यक्तिगत लाभ वा सुविधा प्राप्त गर्ने माध्यम नभई राष्ट्र र जनताको सेवाका लागि रोजेको बाटो भएको उल्लेख गर्दै राज्यबाट प्राप्त हुने सुविधासमेत सकेसम्म सामाजिक हितमा उपयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छन्।

सांसद न्यौपानेले यसअघि पनि आफ्नो पारिश्रमिक सामाजिक सेवामा खर्च गर्दै आएको जनाउँदै अपाङ्गता भएका तथा आर्थिक रूपमा विपन्न नागरिकलाई सहयोग गर्दै आएको स्मरण गराउनुभएको छ। सोही अभियानअन्तर्गत उहाँले तनहुँका अपाङ्गता भएका नागरिकलाई आफ्नै पारिश्रमिकबाट ह्विलचेयर वितरणसमेत गर्नुभएको थियो।

सार्वजनिक पदबाट प्राप्त हुने सुविधा व्यक्तिगत लाभभन्दा जनहितमा प्रयोग गर्नुपर्ने आफ्नो मान्यता रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छन्।

स्वकीय सचिवको तलबभत्ता तथा सुविधा नलिने निर्णय आफ्नो व्यक्तिगत निर्णय भएको स्पष्ट पार्दै सांसद न्यौपानेले यसबाट कसैलाई असहजता वा मर्का पर्न गएको भए क्षमायाचना गरेको छन्। जनताको विश्वास, सेवाभाव र उत्तरदायित्व नै आफ्नो राजनीतिक यात्राको प्रमुख आधार रहेको उनले बताएको छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भाइरल भिडियोपछि सांसद बब्लु गुप्तालाई ट्राफिक नियम उल्लंघनमा ५ सय रुपैयाँ जरिबाना

सिरहा । गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का प्रतिनिधिसभा सदस्य ब...

बाल मन्दिर ठगी प्रकरण: आठ जनाविरुद्ध मुद्दा दायर, तीन पक्राउ

काठमाडौं । नेपाल बाल संगठन (बाल मन्दिर)मा भएको ठगी प्रकरणमा आठ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धा...

रौतहटमा सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरिएको छ। गढीमाई नगरपालिका–७, पर्सामा आयोजित ‘जनतासँग भेटघ...

स्वकीय सचिव नियुक्तिमा पार्टीको अन्तिम स्वीकृति अनिवार्य

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीय सांसदहरूको स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन जारी गरेको छ । राज...

पहिरो जोखिम हटाउन तुइन खोलामा सडक रोकेर ढिस्को काटिने

चितवन। नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने भएको छ । डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको ...

बजारमा सुनको मुल्य ह्वात्तै घट्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ।  स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु पाँच हजार ८०० र चाँदी रु १५५ ले घटेको हो ।  नेपाल...

स्वकीय सचिवको तलबभत्ता नलिने सांसद श्रीराम न्यौपानेको घोषणा

तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले सरकारले स्वकीय सचिवका लागि उपलब्ध गराउने तलबभत्ता तथा अन्य सुव...

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज। पश्चिम नेपालकै प्रमुख व्यापारिक नाकामध्येको एक नेपालगन्ज नाकाबाट गत आर्थिक वर्षमा आयात तथा निर्यात दुवै बढेको छ । नेपालगन्ज भन्सार कार्यालय...

विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

झापा । झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ...

पहिरोले घ्याम्पेसाल–ताकु सडक १० दिनदेखि ठप्प

सुलीकोट। गोरखाको बारपाक सुलीकोट गाउँपालिका–८ पन्द्रुङकुनामा गएको ठुलो पहिरोका कारण घ्याम्पेसाल–देउराली–ताकु सडक १० दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending