Khabar Dabali ८ श्रावण २०८३ शुक्रबार | 24th July, 2026 Fri
Investment bank

पहिरोले घ्याम्पेसाल–ताकु सडक १० दिनदेखि ठप्प

खबरडबली संवाददाता

सुलीकोट। गोरखाको बारपाक सुलीकोट गाउँपालिका–८ पन्द्रुङकुनामा गएको ठुलो पहिरोका कारण घ्याम्पेसाल–देउराली–ताकु सडक १० दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको वर्षापछि गएको पहिरोले सडकको करिब २० मिटर भाग भासिएपछि सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द भएको हो ।

सडक अवरुद्ध हुँदा बारपाक सुलीकोट गाउँपालिकाका स्थानीयवासी, विद्यार्थी, बिरामी तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको छ । विशेषगरी ताकु, देउराली र आसपासका बस्तीका नागरिकलाई आवतजावत गर्न घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता सिर्जना भएको स्थानीय बाबुराम नेपालीले बताए।

“पहिरोले मुख्य सडकको आधार नै बगाएको छ,” गाउँपालिका अध्यक्ष विष्णु भट्टले भने। उनका अनुसार पालिकाबाट सामान्य मर्मत गरी सडक सञ्चालनमा ल्याउन सम्भव नभएपछि सडकको अवस्थाबारे गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई समेत जानकारी गराइएको छ ।

स्थानीयवासीले सामान्य मर्मतबाट तत्काल सडक सञ्चालनमा ल्याउन कठिन हुने भन्दै गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय गोरखामार्फत बजेट व्यवस्थापन गरी सडक तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन् ।

वर्षायाममा यस सडक खण्डमा पटक–पटक पहिरो जाने समस्या दोहोरिँदै आए पनि दीर्घकालीन समाधानका लागि प्रभावकारी काम हुन नसकेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । सडक बन्द हुँदा खाद्यान्न, निर्माण सामग्री तथा अन्य अत्यावश्यक वस्तुको ढुवानीसमेत प्रभावित भएको छ ।

स्थानीयवासीले सडक खुलाउन आवश्यक उपकरण र प्राविधिक जनशक्ति परिचालन गरी तत्काल मर्मत कार्य अघि बढाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् । मौसम प्रतिकूल रहेकाले थप पहिरो खस्ने जोखिम रहेको भन्दै गाउँपालिकाले यस क्षेत्र भएर पैदल यात्रा नगर्नसमेत आग्रह गरेको छ ।

बारपाक सुलीकोट गाउँपालिकाले सडकको तत्काल प्राविधिक अध्ययन गरी जोखिम न्यूनीकरण, पहिरो नियन्त्रण तथा दीर्घकालीन संरक्षणका लागि आवश्यक काम अघि बढाउन सम्बन्धित निकायलाई पुन: आग्रह गरेको जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वकीय सचिव नियुक्तिमा पार्टीको अन्तिम स्वीकृति अनिवार्य

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीय सांसदहरूको स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन जारी गरेको छ । राज...

पहिरो जोखिम हटाउन तुइन खोलामा सडक रोकेर ढिस्को काटिने

चितवन। नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने भएको छ । डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको ...

बजारमा सुनको मुल्य ह्वात्तै घट्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ।  स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु पाँच हजार ८०० र चाँदी रु १५५ ले घटेको हो ।  नेपाल...

स्वकीय सचिवको तलबभत्ता नलिने सांसद श्रीराम न्यौपानेको घोषणा

तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले सरकारले स्वकीय सचिवका लागि उपलब्ध गराउने तलबभत्ता तथा अन्य सुव...

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज। पश्चिम नेपालकै प्रमुख व्यापारिक नाकामध्येको एक नेपालगन्ज नाकाबाट गत आर्थिक वर्षमा आयात तथा निर्यात दुवै बढेको छ । नेपालगन्ज भन्सार कार्यालय...

विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

झापा । झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ...

पहिरोले घ्याम्पेसाल–ताकु सडक १० दिनदेखि ठप्प

सुलीकोट। गोरखाको बारपाक सुलीकोट गाउँपालिका–८ पन्द्रुङकुनामा गएको ठुलो पहिरोका कारण घ्याम्पेसाल–देउराली–ताकु सडक १० दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ...

प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्ने भएको छन्।  प्रधानमन्त्री त...

गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने कांग्रेसको घोषणा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका छन्। बीपी कोइरालाको ४४औँ स्...

कर प्रशासन प्रभावकारी बने नेपाल चाँडै ग्रे लिस्टबाट बाहिरिन्छ: अर्थमन्त्री वाग्ले

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ)को ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending