Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

आरोपको खण्डन गर्दै डिडिसीले गर्याे अब्बल सावित, पाँच करोड मुनाफा

काठमाडौं । सरकारी स्वामित्वका संस्थान सेतो हात्ती भइरहेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला दुग्ध विकास संस्थान ९डिडिसी० ले भने त्यो आरोपको खण्डन गर्दै आफूलाई अब्बल सावित गरेको छ ।

राजनीतिक नेतृत्वको सही निर्णय, प्रभावकारी व्यवस्थापन, कार्यशैलीमा सुधार र गुणस्तरीय सेवा प्रवाहमा जोड दिने हो भने निरन्तर घाटामा रहेका सार्वजनिक संस्थान पनि नाफामा जान सक्छन् भन्ने यथार्थ संस्थानले प्रमाणित गरेको छ ।

अघिल्लो दुई आर्थिक वर्षदेखि नै नाफा आर्जन गरेर नेपालीको विश्वास जितेको नेपाल विद्युत् प्राधिकरणजस्तै संस्थानले पनि आर्थिक वर्ष आव २०७५र७६ को नौ महीनाको अवधिमा रु पाँच करोड ७२ लाख छ हजार ८९५ मुनाफा आर्जन गरी आफूलाई सक्षम संस्थाका रुपमा अगाडि उभ्याएको छ । संस्थानले मुनाफाको १८ प्रतिशत कर राज्यलाई तिर्दै आएको छ । कर तिरेपछि संस्थानको खुद नाफा करीब रु चार करोड ८५ लाख हुनेछ ।

कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालको स्पष्ट मार्ग निर्देशन, संस्थानको उच्च नेतृत्वको पहलकदमी र दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर हुने सरकारको लक्ष्यका कारण संस्थानले आफूलाई नाफा गर्ने निकायका रुपमा स्थापित गरेको हो ।

नाफाको निरन्तरतालाई अभिवृद्धि गर्दै थप सबल संस्थाका रुपमा उभ्याउन संस्थानले अझै धेरै काम गर्नुपर्ने देखिन्छ । कृषिमन्त्री खनालकै शब्दमा ‘संस्थान सरकारी संस्था भएकाले गुणस्तरीय, सस्तो, भरपर्दो र विश्वसनीय हुनुपर्छ । ब्राण्ड र प्याकेजिङ गर्दा ध्यान दिनुहोला, बरु झोल दूध आयात गरिन्छ तर धुलो दूध आयात खोलिन्न ।’

सरकारले दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर हुन पशुचौपाया पालनमा अनुदान दिने, विदेशमा रोजगारी गरेर फर्केका युवालाई कृषिमा प्रोत्साहन गर्ने र कृषि विषय अध्ययन गरिरहेका एक हजार विद्यार्थीलाई प्रयोगात्मक परीक्षा सम्बन्धित विषयमै गर्ने कार्यक्रम अगाडि सारेको छ । सो कार्यक्रमका लागि रु ५० करोड खर्च गर्ने सरकारको लक्ष्य छ ।

संस्थानले अघिल्लो आव २०७४/०७५ मा रु चार करोड ८५ लाख ३९ हजार १९७ पैसा ३० खुद नाफा कमाएको थियो । सोही आवमा संस्थानले दूध तथा दुग्धजन्य उत्पादनको बिक्रीबाट रु तीन अर्ब ९८ करोड ३९ लाख तीन हजार ३८३ पैसा ११ आम्दानी गरेको थियो ।

लगातार घाटामा गएको संस्थानले नयाँ नेतृत्व पाएसँगै कार्यशैलीमा सुधार र गुणस्तरीय उत्पादनमा जोड दिएपछि पछिल्ला वर्षमा निरन्तर नाफामा जान थालेको संस्थानका अध्यक्ष वसन्त गिरीले जानकारी दिए । संस्थान आव २०७३/०७४ सम्म निरन्तर घाटामा थियो । ‘सरकारले धुलो दूध आयातमा प्रतिबन्ध लगाएपछि संस्थान नाफामा जान थालेको हो’, अध्यक्ष गिरीले भने । कृषि मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नेबित्तिकै मन्त्री खनालले संस्थानको भौतिक तथा वित्तीय सुधार र गुणस्तरीय उत्पादनका लागि विभिन्न नीतिगत निर्णय गरिदिएका थिए ।

विगतमा किसानले दूध बिक्री नभएर सडकमा पोख्नुपर्ने अवस्थाको अन्त्य गर्दै दूधलाई धुलोमा रुपान्तरण गर्न उहाँले संस्थानलाई पटकपटक निर्देशन दिएका थिए । ‘मिल्क होलिडे’को अन्त्य गर्दै धुलो दूध उत्पादनमा वृद्धि भएसँगै संस्थानको नाफा उकालो लागेको हो । मन्त्री खनालले धुलो दूध उत्पादन गर्ने संस्थालाई राज्यका तर्फबाट थप अनुदान दिइने व्यवस्था गरेपछि मुलुकबाटै ‘मिल्क होलिडे’ अन्त्य भएको थियो ।

पछिल्लो समय आक्रामक रुपमा बजार विस्तार गरिरहेको संस्थानले स्थानीय दूध सङ्कलन, प्रशोधित दूध बिक्री, चिज, मख्खन र धुलो दूधको उत्पादन क्रमशः वृद्धि गर्दै लगेको छ । संस्थानले आव २०७३/०७४ मा पाँच करोड ३१ लाख ८६ हजार ४८७ लिटर स्थानीय कच्चा दूध सङ्कलन गरेको थियो । आव २०७४/०७५ मा पाँच करोड ४१ लाख २५ हजार ६४८ लिटर दूध सङ्कलन गरेको संस्थान आव २०७५/७६ जेठ मसान्तसम्म चार करोड ६८ लाख १४ हजार ७७७ लिटर स्थानीय कच्चा दूध सङ्कलन गर्न सफल भएको छ ।

संस्थानले प्रशोधित दूधको बिक्री पनि वृद्धि गर्दै लगेको छ । आव २०७३र०७४ मा संस्थानले चार करोड ८४ लाख ६१ लाख ११२ लिटर प्रशोधित दूध बिक्री गरेको थियो । त्यसैगरी संस्थानले आव २०७४र०७५ मा चार करोड ४३ लाख ९३ हजार १२४ लिटर र आव २०७५र७६ जेठ मसान्तसम्म तीन करोड ६६ लाख ९० हजार ६३२ लिटर प्रशोधित दूध बजारमा बिक्री गरेको थियो ।

यसैगरी संस्थानले आव २०७३/०७४ मा दुई लाख ३१ हजार ६६१ किलो चिज उत्पादन गरेको थियो । आव २०७४र०७५ मा चिज उत्पादन केही घटेको छ । सो आवमा एक लाख ९४ हजार ७२० किलो चिज उत्पादन गरिएको संस्थानले जनाएको छ । आव २०७५/०७६ जेठ मसान्तसम्म संस्थानले एक लाख ८५ हजार ६२६ किलो चिज उत्पादन गरेको छ ।

संस्थानले उच्च हिमाली भेगका चौरीपालकबाट उत्पादित दूधको व्यावसायिक विकास गरी विभिन्न जिल्लामा याक चिज उत्पादन केन्द्र सञ्चालनमा ल्याएको छ । रसुवाको लाङटाङमा चिज उत्पादन केन्द्र सञ्चालनमा ल्याएर दुग्धजन्य व्यवसायमा प्रवेश गरेको संस्थानसँग रामेछापको थोदुङ्ग र सोलुखुम्बुको पिकेलगायत १० स्थानमा याक चिज उत्पादन केन्द्र रहेको छ ।

त्यसैगरी संस्थानले मख्खन र धुलो दूधको उत्पादन पनि क्रमशः बढाउँदै लगेको छ । आव २०७३र०७४ मा पाँच लाख २६ हजार ५८९ किलो मख्खन र चार लाख ६२ हजार १६६ किलो धुलो दूध उत्पादन भएको थियो । आव २०७४र०७५ मा सात लाख ७४ हजार ९३ किलो मख्खन र सात लाख ९९ हजार ११३ किलो धुलो दूध उत्पादन गरेको संस्थानले आव २०७५/०७६ जेठ मसान्तसम्म सात लाख ६७ हजार ८२४ किलो मख्खन र सोही अवधिमा नौ लाख सात हजार ९६३ किलो धुलो दूध उत्पादन गरेको थियो ।

दूध उत्पादनमा अभिवृद्धि तथा प्रतिस्पर्धी बजारीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको संस्थानले जनाएको छ । संस्थानले बहुराष्ट्रिय कम्पनीका उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने उद्देश्यले बुटवलमा ‘युएचटी प्लान्ट’ स्थापना गर्ने तयारी गरेको छ ।

गुणस्तरीय उत्पादनको बढ्दो माग र संस्थानको व्यावसायिक कारोबार बढाउने उद्देश्यले ललितपुरको खुमलटार र कास्कीको पोखरामा ‘मिल्क प्रोडक्ट’ कारखानाको स्थापना, धनगढी तथा नेपालगन्जमा मौजुदा कारखानाको क्षमता विस्तार, लुम्बिनी दुग्ध वितरण आयोजनाको ढुवानी÷भण्डारण तथा चिस्यान केन्द्रको क्षमता विस्तारमा संस्थान केन्द्रित भएको छ ।

कूल ४६ जिल्लाका एक हजार २०० दुग्ध उत्पादक सहकारी संस्थामार्फत करिब दुई लाख किसानको संलग्नतामा स्थानीय दूध सङ्कलन गर्दै आएको संस्थानले दुग्ध उद्योगको विकास, कच्चा दूधको खरीद तथा प्रशोधित दूध तथा दूग्ध पदार्थको बजार बिक्री मूल्य उचित र स्थिर राख्दै नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । दूग्धजन्य उत्पादनको व्यवसायमा अत्यधिक हिस्सा ओगट्न सफल संस्थानले दैनिक दुई लाख लिटर दूध खरीद गरी प्रतिदिन करीब एक करोड ग्रामीण क्षेत्रमा प्रवाह गर्दै आएको छ ।

उत्पादनमा विविधीकरण गर्दै आएको संस्थानले युवा पुस्ताको मन जित्न हालै मात्र चकलेट स्वाद भएको २०० एमएलको ‘फ्रेस मिल्क’ बजारमा ल्याएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy