लेखनाथ। छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका एक सय ६५ सिटमध्ये १४ सिटमा मात्र महिलाले जित हात पारेका छन् ।
दैलेख १ मा नेपाली कांग्रेसकी बासना थापा निर्वाचित हुँदा बाँकी सबै १३ प्रतिनिधिसभा सदस्य राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट निर्वाचित भएका हुन् । कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित भएकी रास्वपा उम्मेदवार बिना गुरुङ गण्डकी प्रदेशकै प्रत्यक्षतर्फ निर्वाचित एकमात्र सांसद महिला बनेको छिन् ।
उनी ३७ हजार सातसहित ५० मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका मनोज गुुरुङले १२ हजार सात सय ८० मतमात्र पाए। यही क्षेत्रका निवर्तमान सांसदसमेत रहेका नेकपा (एमाले0का दामोदर बैरागीले सात हजार नौ सय छ मतमै समेटिए।
महिला उद्यमशीलता, स्थानीय उत्पादनको बजारीकरणसहित समाजसेवा सक्रिय उनी पहिलो प्रयासमै प्रतिनिधिसभा सदस्य चुनिएको हो । सञ्जिवनी दिदीबहिनी केन्द्र नेपाल नामको गैरसरकारी संस्था स्थापना गरी त्यसको नेतृत्वसमेत गरेकी उनी २०७२ सालको भूकम्प र कोभिड महामारीका बेला विभिन्न क्षेत्रमा राहत तथा स्वास्थ्य सामग्री पुर्याउन दत्तचित्त थिइन्। समाजसेवाबाट परिचित बनेकी उनी प्रतिस्पर्धीभन्दा तीन गुणा मतले पछि पार्दै सांसद चुनिएपछि अहिले मतदातालाई धन्यवाद दिन घरदैलोमा छिन्।
उनी अहिले रास्वपा गण्डकी प्रदेशकी कोषाध्यक्षसमेत छन्। कास्की क्षेत्र नम्बर ३ मा एक लाख सात हजार पाँच सय ६० मतदाता रहेकोमा ६५ हजार चार सय सात मत खसेको थियो । निर्वाचनमा दुई हजार सात सय ५८ मत बदर भएको थियो । प्रतिनिधिसभा सदस्य गुरुङ पञ्चासे केबलकार परियोजनाको सञ्चालक समिति सदस्यसमेत छन्।
करिब दुई तिहाइको समर्थनमा रास्वपाको सरकार बन्ने निश्चित भएको छ । सत्तारुढ रास्वपाकी संसद उहाँ महिला सशक्तीकरण, सामाजिक विकास र सुशासनका लागि योगदान गर्ने वाचा गर्नुहुन्छ । “जनताले हामीलाई ठूलो भरोसा गर्नुभएको छ । नतिजा नदेखाएसम्म विजयको खुसी मनाउनुको खास अर्थ छैन,” उनले भनिन्, “मैले टिकट पाउँदा नै भनेकी थिएँ, जबसम्म काम गरेर देखाउन सक्दिनँ, तबसम्म कुनै पनि बधाई र सम्मान लिने छैन ।”
आफ्नो क्षेत्रका ग्रामीण वडा र महानगरको भूगोल समस्याबारे जानकार रहेको बताउँदै उनले मत माग्न घरदैलोमा जाँदा जनताले दिएका सुझाव नै आफ्ना मुख्य एजेन्डा भएको सुनाइन्। “सुशासन, नीतिगत सुधारसहित जनताले घरदैलोमा दिएका सुझाव, मार्गदर्शनअनुसार अघि बढ्छौं,” उनले भनिन्, “जेनजी आन्दोलनको मर्मसहित जनताको यो विश्वास र जनमतलाई नतिजामा उतार्नका लागि नीतिगत तहमा भूमिका निर्वाह गर्छु ।”
पर्वतको महाशिला गाउँपालिका वडा ५ मा जन्मिएकी उहाँ अहिले पोखरा महानगरपालिका वडा नम्बर ५ मा बसोबास गर्छिन्। प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेकी ५३ वर्षीया गुरुङ जनताले खोजेको परिवर्तन यही कार्यकालमा सम्भव हुने दाबी गर्छिन् । उनी भन्छिन्, “मतमार्फत् जनताले दिएको आदेश हामी यही कार्यकालमा लागू गर्ने गरी लाग्छौँ । रास्वपाको नेतृत्व र नीतिले देशलाई नयाँ दिशा दिन्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २४ गते, २०८२ - १७:२४
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बीपी राजमार्ग अन्तर्गत पर्ने रोशी खोलाको स्थलगत निरीक्षण गरेका छन्। उनी मंगलबार दिउँसो बाढीका कारण स्थानीयले भोग...
चैत्र २४ गते, २०८२ - १७:१४
काठमाडौं । पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गी को उजुरीपछि सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन्। अभद्र व्यवहार लगायतका कसुरमा उषा...
चैत्र २४ गते, २०८२ - १७:०८
तेहरान। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा नजिकिँदै गर्दा इरानी राष्ट्रपतिले एक करोड ४० लाखभन्दा बढी नागरिक देशको र...
चैत्र २४ गते, २०८२ - १६:५७
काठमाडौँ। सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर, बितरण केन्द्र सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास एक लाख ४० हजार रुपियाँ घुस रकमसहि...
चैत्र २४ गते, २०८२ - १६:५१
काठमाडौँ। युद्धका कारण इन्धन सङ्कट चुलिएको भन्दै सरकारले घरबाटै काम गर्न आग्रह गरेको छ । सरकारले विश्वबजारमा इन्धन सङ्कट गहिरिनुका साथै मूल्यवृद्धि...
चैत्र २४ गते, २०८२ - १६:०६
कैलाली । शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले धनगढीमा निर्माणाधीन फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्रामक...
चैत्र २४ गते, २०८२ - १५:५२
काठमाडौँ। राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छिन्। राष्ट्रपति भवन शीतल निवासमा मङ्गलवार आयोज...
चैत्र २४ गते, २०८२ - १५:४२
काठमाडौँ। प्रतिनिधिसभामा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त तीन वटा महत्त्वपूर्ण विधेयक टेबुल गरिएको छ । मङ्गलबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्...
चैत्र २४ गते, २०८२ - १५:३२
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थी भर्ना गर्ने र अग्रिम शुल्क असुल गर्ने विद्यालयहरूलाई कारबाही ...
चैत्र २४ गते, २०८२ - १५:२३
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्ने भएको छ । कामपा स्वास्थ्य विभागका अनुसार नसर्न...


प्रतिकृया लेख्नुहोस्: