काठममाडौं । धितोपत्र बजारमा यस साता कूल १७० कम्पनीको करीब रु दुई अर्ब बराबरको शेयर कारोवार भयो । आर्थिक वर्ष २०७५÷७६ को अन्तिम तीन दिन र चालू आर्थिक वर्षको दुई दिन खुलेको बजारमा कूल ८५ लाख ९९ हजार १७ कित्ता शेयर कारोवार भए । नेपाल स्टक एक्सचेञ्जका अनुसार चालू आर्थिक वर्ष शुरु भएपछिको दुई दिन कारोवार मापक नेप्से उतारचढावपूर्ण अवस्थामा रह्यो ।
अघिल्लो साता अर्थात् असार २६ गते बिहीबार एक हजार २४८ दशमलव ५३ मा पुगेर बन्द भएको कारोवार यस साताको पहिलो दिन अर्थात् आइतबार झिनो अङ्कले सुधार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०।९५ बिन्दुले बढेर एक हजार २४९।४९ बिन्दुमा पुग्यो ।
सो दिन नेप्से सामान्य अङ्कले बढे पनि कारोवार रकम भने औशत मात्रै रह्यो । कूल १६१ कम्पनीको १० लाख ४२ हजार ६४६ कित्ता शेयर रु २८ करोड ५२ लाख १४ हजार ५७२ मूल्यमा खरीद बिक्री भए ।
सोमबार भने करीब ४३ करोडको कारोवार भयो । कूल २९ लाख ७३ हजार ८४३ कित्ता शेयर बिक्री हुँदा दोस्रो बजारमा त्यस दिन १७० कम्पनीको शेयर कारोवार भयो । मङ्गलबार पनि कूल रु ३४ करोडको कारोवार हुँदा १६१ कम्पनीको १९ लाख ५६ हजार ६३० कित्ता शेयर खरीद बिक्री भए ।
यस्तै बुधबार कारोवार मापक नेप्से परिसूचक लगानीकर्तालाई उत्साहित बनाउँदै दोहोरो अङ्कले वृद्धि भयो । सो दिन नेप्से परिसूचक १५.८५ अङ्कले बढेर एक हजार २४७.८६ मा पुग्यो । नेप्से परिसूचक दोहोरो अङ्कले बढे पनि कारोवार रकम भने औशतमै सीमित रह्यो । कूल १६७ कम्पनीका १३ लाख ७५ हजार १९० कित्ता शेयर रु ४२ करोड ६७ लाख ४३ हजार ४५८ मूल्यमा कारोवार भए ।
यस्तै बुधबार दोहोरो अङ्कले उकालो लागेर बन्द भएको बजारमा बिहीबार भने नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार २७२.४९ बिन्दुमा पग्यो । नेप्से ओरालो लागे पनि कारोवार रकम भने औशतमा रह्यो । कूल १५८ कम्पनीको १२ लाख ५० हजार ७०८ कित्ता शेयर रु ४१ करोड १३ लाख ६९ हजार २९९ मूल्यमा खरीद बिक्री भए ।
बजार पूँजीकरणका आधारमा यस साता पनि वाणिज्य बैंककै बोलवाला रह्यो । पहिलो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी कायम रहँदा नवील बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्यार्डड चार्टड बैंक, एभरेष्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन बैंक, एनआइसी एशिया बैंक, नेपाल एसबीआइ बैंक र कृषि विकास बैंक उत्कृष्ट दशौँ स्थानमा परे ।
यस्तै यस साता विभिन्न चार कम्पनीका शेयर स्टकमा सूचीकृत भए । त्यसमा एशियन लाइफ इन्स्योरेन्स कम्पनकिो ७५ लाख ४० हजार ३५२ कित्ता हकप्रद शेयर, एनएमबी लघुवित्त वित्तीय संस्थाको दुई लाख ११ हजार ३१२ कित्ता हकप्रद शेयर, नवील ब्यालेन्स फण्डको ११ करोड २० लाख एकाइ साधारण शेयर र कुमारी बैंकको कूल एक करोड ५२ लाख २१ हजार ७८१ कित्ता शेयर लाभांश सूचीकृत भएका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: