काठमाडौं । सत्तारुढ दल नेकपाका सांसद देवेन्द्र पौडल सुनिलले सरकारको अनावश्यक विरोध गर्ने काम भएको भन्दै विपक्षी दलको विरोध गरेका छन् । उनले बाढी निरिक्षणको लागि जाँदा सरकारले प्रयोग गरेको साधन प्रति अनावश्यक टिप्पणी नगर्न विपक्षी दललाई आग्रह गरे ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेकपा सांसद पौडेलले विपक्षी सांसदलाई काम हुने कुरा प्रति ध्यान दिन आग्रह गरे । उनले भने ‘सरकार हेलिकप्टरमा जाओस् कि साईकलमा जाओस् ! चाहे पैदल हिंडेर जाओस् ! सरकारको उपस्थिति जनताको जनधनको क्षति भएको ठाउँमा हुने कुरा हो । त्यसकारण कुन साधनको प्रयोग गरेर गयो भनेर विरोध नगरुँ ।’ उनले पक्ष र विपक्षीमा नलागी समस्याको बेला सामुहिक रुपमा उद्धारमा लाग्नुपर्ने बताए ।
उनले प्राकृतिक प्रकोपमा बेला सामुहिक रुपमा जुट्नुको बिकल्प नरहेकोमा जोड दिए । पौडेलले बाढी, पहिरो र डुबानको समस्या प्रति सरकार संवेदनशिल भएर काम गरिरहेको पनि दाबी गरेका छन् ।
विपक्षीको बेला–बेला हुने अवरोध प्रति संकेत गर्दै नेकपा नेता पौडेलले सदन सरकार पक्षका सांसदहरुको पनि भएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् । उनले पानी आएपनि या घाम लागेपनि विरोध गर्ने संस्कृति अन्त्य हुनुपर्नेमा जोड दिए । ‘पानी आओस् कि बादल लागोस् या घाम लागोस् । सबै बेलामा सरकारको दुईतिहाईलाई गाली गर्ने काम प्रतिपक्षी साथीहरुबाट नहोस् म भन्न चाहन्छु ।’ पौडेलले भने ।
सम्बन्धित समाचार
भारतलाई दोष दिएर मात्रै डुबानको समस्या समाधान हुँदैन् : देउवा
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: