Ntc summer Offer
Khabar Dabali १२ पुष २०८१ शुक्रबार | 27th December, 2024 Fri
Investment bank

भारतीय मुलकी प्रीति पटेल बनिन् बेलायतको गृहमन्त्री, जोनसोनको मन्त्रिमण्डलमा ३ भारतीय अनुहार

लण्डन । बोरिस जोनसनको मन्त्रिमण्डलमा तीन जना भातरीय मुलका बेलायतीले पनि ठाउँमा पाएका छन् । भारतीय मुलकी प्रीति पटेल बोरिस जोनसोन नेतृत्वको मन्त्रिमण्डलमा गृहमन्त्री बनेकी छिन् । भारतीय मुलका ऋषि सुनाक टेजरी मन्त्री बनेका छन् भने आलोक शर्माले बेलायतको अन्तराष्ट्रिय विकास मामिला हेर्ने विदेश मन्त्रीको जिम्मेवारी पाएका छन् ।

४७ वर्षीया प्रीति पटेल बे्रग्जिट मुद्दामा पहल गर्ने चर्चित महिला नेतृ मानिन्छिन् । उनि गुजराती मुलकी हुन् । उनले ब्रेग्जिटको मुद्दामा थेरेसा मेले लिएको नीतिबारे चर्को आलोचना गर्छिन् ।

यसअघि बेलायतको गृहमन्त्री पाकिस्तानी मुलका साजिद जाविद बनेका थिए । उनलाई अहिले गठन गरिएको मन्त्रीमण्डलमा अर्थ मन्त्रीको जिम्मा दिइएको छ ।

जोनसोनले मन्त्रिमण्डल गठन गर्दै ब्रेग्जिट मुद्दामा साथ दिएका राजनीतिक सहकर्मीलाई अगाडि ल्याएका छन् ।

\"\"

बेलायतको क्याबिनेटमा ६० वर्षकै सबैभन्दा ठुलो बदलाव
जोनसनले बेलायतको क्याबिनेटमा ६० वर्षकै सबैभन्दा ठुलो बदलाव ल्याएका छन् । उनले ब्रेग्जिट मामिलामा साथ दिनेलाई अगाडि ल्याएका छन् । ११ मन्त्रिलाई उनले बर्खास्त गरेका छन् । ४ मन्त्रिलाई राजीनामा दिन बाध्य पारिएकाे छ भने २ जबरनलाई अवकाश दिइएकाे छ ।

यस पटकको मन्त्रिमण्डल ३१ सदस्यीय बनाइएको छ । थेरेसा मेको समयमा मन्त्रि संख्या जम्मा २९ थियो ।

थेरेसाले प्रीति पटेललाई कैबिनेटबाट हटाएकी थिइन्
नोभेम्बर २०१७ मा थेरेसाले प्रीति पटेललाई मन्त्रि पदबाट हटाएकी थिइन् । पटेल सो समय बेलायतको मन्त्रिमण्डलभित्र अन्तराष्ट्रिय विकास मामिला हेर्ने मन्त्रि थिइन् । थेरेसाले मन्त्री पदबाट हटाउँदै गर्दा पटेलमाथि इजराइलका अधिकारीहरुलाई बेलायतको आन्तरिक सूचना चुहाएको आरोप लगाएकी थिइन् । त्यस समय बोरिस जोनसोनले क्याबिनेटमा फिर्ता ल्याउन थेरेसालाई अपिल गरेका थिए ।

९ वर्ष पहिले सांसद बनेकी थिइन् प्रीति
प्रीति पटेल सन् २०१०मा पहिलो पटक कन्जरभेटिवको तर्फबाट सांसद बनेकी थिइन् । डेबिड कैमरन नेतृत्वको सरकारले उनलाई भारतीय समुदाय सम्बन्धी जिम्मेवारी दिएका थिए । सन् २०१४ मा उनलाई ट्रेजरी मिनिस्टर (राज्य मन्त्री) र २०१५ मा रोजगार मन्त्री बनाइएको थियो । सन् २०१६ मा उनी थेरेसा मेको मन्त्रिमण्डलमा अन्तराष्ट्रिय विकास मामिला हेर्ने विदेश मन्त्री बनेकी थिइन् ।

को हुन् ऋषि सुनाक र आलोक शर्मा ?
३८ वर्षका ऋषि सुनाक भारतीय मुलका भए पनि उनको जन्म भने बेलायतमै भएको थियो । उनले अक्सफोर्ड युनिभर्सिटी र स्टैनफोर्ड युनिभर्सिटीबाट अध्ययन पुरा गरेका थिए । उनले २०१५ मा कंजरवेटिव पार्टीबाट टिकट लिएर चुनाव जितेका थिए । ब्रेग्जिट मुद्दामा समर्थक हुनुको कारणले उनि थेरेसा मेको क्याबिनेटमा पनि सामेल भएका थिए ।

आलोक शर्मालाई अहिले अन्तराष्ट्रिय विकास मामिला हेर्ने राज्य मन्त्री बनाइएको छ । उनले यसअघि रोजगार मन्त्री र हाउसिंग कम्युनिटीज मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । सन् २०१० मा पहिलोपटक सांसद बनेका शर्मा बैंकिङ्ग क्षेत्रका व्यक्ति हुन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy