चितवन । चितवनमा बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको तातो चितवनलाई लागिरहेको छ । दिनहुँ लाखौँ रुपैयाँ अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि उठिरहेको छ । यहाँका व्यवसायीदेखि कर्मचारीसम्म सहकारीदेखि विद्यालयसम्म क्रिकेट रंगशाला निर्माणको लागि दिनहुँ सहयोग गरिरहेका छन् । आज भरतपुर महानगरपालिकामा एक घन्टामै ६५ लाखभन्दा बढीको चेक धुर्मुस–सुन्तली फाउन्डेसनलाई हस्तान्तरण भएको छ ।
‘रंगशाला निर्माणमा चितवन तातेको अनुभव भइरहेको छ, दिनहुँ घन्टैपिच्छे रकम आउने क्रम जारी छ’ धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले भने, ‘चितवन किन तातेन भन्ने लागेको थियो, तर तात्न बाँकी नै रहेछ, अब तातेको महुुसुस भइरहेको छ ।’
भरतपुर महानगरपालिकाले उपलव्ध गराएको ५० लाख रुपैयाँको चेक ग्रहण गर्दै धुर्मुसले रंगशाला निर्माणको लागि दिइएको एक रुपैयाँ पनि दुरुपयोग नहुने प्रतिबद्धता जनाए । उनले भने, ‘भदौमा डीपीआर सक्ने लक्ष्य थियो, तर बीचमा केही समस्या भयो, तर पनि दसैँअघि रंगशालाको डीपीआर सक्ने लक्ष्यमा हामी दौडिरहेका छौँ ।’
भरतपुर महानगर प्रमुख रेनु दाहालले फाउन्डेसनका अध्यक्ष धुर्मुसलाई ५० लाखको चेक हन्तान्तरण गर्दै पछिल्लो समय रंगशाला निर्माणमा चितवन तातेको बताइन् । उनले भनिन्, ‘तोकिएको समयमै रंगशाला निर्माण सक्नुपर्छ, त्यही उद्देश्यले चितवनवासी अझ सहयोगमा अझ दौडिन आवश्यक छ, दौडिरहेको पनि छ ।’
उनले भरतपुर महानगरले बजेटबाट ६ करोड ५० लाख बजेट छुट्टाएको बताइन् । पाँचहजार एक जनाको जिल्ला समिति बनेको र अब टोलटोलबाट सहयोग रकम उठ्ने जानकारी दिइन्। महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा २८ सदस्यीय निर्देशक समिति बनेको छ । जुन समितिमा सबै क्षेत्रका प्रतिनिधिहरु सहभागी भएका छन् ।
यस्तै, भरतपुर महानगर स्तरीय सहयोग समिति गठन भएको छ । उपमेयर पार्वती शाहको संयोजकत्वमा २७७ भरतपुर महानगरस्तरीय रंगशाला निर्माण समिति गठन भएको छ ।
एक घण्टामै आएको सहयोग
रंगशाला निर्माणको लागि भरतपुर महानगरले ५० लाखको चेक हस्तान्तरण गरेपछि प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले व्यक्तिगत रुपमा एक लाख ५१ हजार १५१ रुपैयाँको चेक फाउन्डेसनका अध्यक्ष धुर्मुसलाई हस्तान्तरण गरे ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: