Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

प्रिसिजन टुर : लिभरपुल र आर्सनलकाे लज्जास्पद हार , चेल्सीकाे राेमाञ्चक जित

एजेन्सी । प्रिसिजन टुर अन्तर्गत अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इङ्लिस क्लब चेल्सीले सफलता हात पार्दा लिभरपुल र आर्सनल भने पराजित भएका छन् ।

आइतबार राति भएको खेलमा चेल्सीले रिडिङलाई ४–३ गोल हरायो । चेल्सीको जितमा रोस बार्कलीले २२औं र केनेडीले ४२औं मिनेटमागोल गरे । मासोन माउन्टले ५७औं र ६०औं मिनेटमा दुई गोल गरेका थिए । रिडिङका लागि जोस बारेटले १३औं, माइकल मोरिसनले ४९औं र साम बाल्डोकले ७१औं मिनेटमा गोल गरेका थिए ।

यसैगरी आइतबार राति भएको अर्को खेलमा च्याम्पियन्स लिग विजेता लिभरपुल इटालियन क्लब नापोलीसँग ३–० गोलले पराजित भएको छ । प्रिसिजनमा लिभरपुलले खेलेका चार खेलमा यो तेस्रो हार हो । स्कटल्यान्डमा खेलिएको खेलमा नापोलीलाई जिताउन लोरेन्जो इनसिग्नेले १८औं, आर्काडिउट मिलिकले २९औं र अमिन योनिसले ५२औं मिनेटमा गोल गरेका थिए ।

अर्को खेलमा खेलमा आर्सनल लियोनसँग २–१ गोल गोलले पराजित भयो । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनलले हार खेपेको थियो । आर्सनलका लागि पिर्रे इमरिक अबुमियाङले ३५औं मिनेटमा खाता खोलेका थिए ।

त्यसपछि लियोनले दोस्रो हाफमा दुई गोल फर्काएको थियो । लियोनका लागि दुवै गोल मोउसा डेम्बेलेले गरे । डेम्बेलेले ६६औं र ७६औं मिनेटमा गोल गरेका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy