काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले दिलिपसिंह विष्टविरुद्ध धेरैजसो प्रमाण छन् तर डीएनए रिपोर्ट नमिल्दा अपराधी उहीँ नै भन्न सकेका बताएका छन् । सोमवार प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा समितिले सोधेको प्रश्नको उत्तर दिँदै मन्त्रीले थापाले निर्मलाको हत्यारा दिलिपसिंह विष्ट हुनसक्ने बताएका हुन् ।
निर्मला हत्या अनुसन्धानमा प्रहरीबाट गल्ती भएको स्वीकार्दै गृहमन्त्री थापाले केही कमीकमजोरी भएको यस्ता कमीकमजोरी गर्ने प्रहरीलाई कारवाही तथा निलम्बन समेत गरेको बताए । राष्ट्रिय सभाका सांसद विमलादेवी आले राना, राधेश्याम अधिकारी र चन्द्रबहादुर खड्काले ‘निर्मलाको हत्या भएको १ वर्ष पुगिसक्दा पनि किन प्रहरीले हत्यारा लगाउन सकेको छैन ?
हाइप्रोफाइल हत्यारा खोज्दा बिग्रिएको हो ? दिलिपसिंह विष्टमाथि धेरै प्रमाण जुटिसक्दा पनि किन दिलिपलाई हत्यारा घोषित गर्न सकेको छैन ? के डीएनए नमिलेकै आधारमा प्रहरीले हत्यारा पत्ता लगाउन नसकेको हो ? अनुसन्धानको नाममा अन्य व्यक्तिलाई दुःख दिन पाइन्छ ?’ भनेर प्रश्न गरेका थिए ।
प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले निर्मलाको हत्यारा पत्ता लगाउन धेरै मानिससँग सोधपुछ र अनुसन्धान गरिएको बताए । केही अनुसन्धान जटिल भएकाले निचोडमा पुग्न ढिला भएको उनले बताए ।
मन्त्री थापाले अनुसन्धान तथा छानबिन गर्ने विभिन्न तरिका हुने भएकाले हालसम्मको अनुसन्धानले हत्यारा पत्ता नलागेकाले नयाँ ढंगले अनुसन्धान थालिएको बताए ।
मन्त्री थापाले भने, ‘हामीले यसभन्दा अगाडि जुन निकाय समिति उपसमितिलाई अनुसन्धान गर्न दिएका थियौं, त्यो निकायले हत्यारा पत्ता लगाउन नसकेकाले नयाँ ढंगबाट अनुसन्धान थालेका छौं ।’
सीआईबी तथा प्रहरीले अनुसन्धान गरिरहेको र उनीहरूले हत्यारा पत्ता लगाउनेतर्फ विश्वास रहेको मन्त्री थापाले बताए ।
गृहमन्त्री थापाले पूर्व राजदूत केशव झाको हत्या, सांसद निरुदेवी पालमाथि भएको दुर्व्यवहार र संगीन जीसीको हत्या घटनाका अभियुक्त पत्ता लगाउने आश्वासन दिएका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: