Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक भित्रिए चितवनमा, हेर्नुहाेस् कति भित्रिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०७५/७६ मा अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटकले भ्रमण गरेका छन् । आव २०७५/७६ मा निकुञ्जमा १ लाख ८७ हजार १ सय ९ जना पर्यटकले भ्रमण गरेको निकुञ्जले जनाएको छ । 

पर्यटकको संख्या बढेसँगै राजस्वमा पनि वृद्धि भएको छ । गएको आर्थिक वर्षमा २९ करोड १० लाख ९७ हजार ८ सय २३ रुपैँया राजस्व संकलन भएको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए । सबैभन्दा कम राजस्व आर्थिक वर्ष २०७२/७३ मा संकलन भएको थियो ।
सबैभन्दा धेरै बाह्य पर्यटकले निकुञ्जको भ्रमण गरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।

कुल १ लाख ४२ हजार ४८६ जना बाह्य पर्यटकले निकुञ्जको भ्रमण गरेकोमा आन्तरिक पर्यटकको संख्या करिब एकतिहाई मात्रै रहेको पाइएको छ । आव २०७५/७६ मा ४४ हजार ६ सय २३ जना आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । भूकम्पका कारण आर्थिक वर्ष २०७२/७३ मा सबैभन्दा कम ८७ हजार ३९१ पर्यटकले निकुञ्जको भ्रमण गरे ।


कात्तिक महिनामा सबैभन्दा बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । विश्वमै लोप उन्मुख अवस्थाका वन्यजन्तु चितवन राष्ट्रिय निकुञजमा संरक्षित रहेकाले पनि पर्यटकको आकर्षण रहेको छ । यस निकुञ्जमा पाटेबाघ, एकसिंगे गैडा, हात्ती लगायतका वन्यजन्तु साथै चराचुरुङ्गी पाइन्छ । 
आर्थिक वर्ष २०७०/७१ मा १ लाख ७३ हजार ४ सय २५ पर्यटकले निकुञ्जको भ्रमण गर्दा २४ करोड ६८ लाख ७२ हजार २ सय १ रुपैँया राजस्व संकलन भएको थियो ।

आर्थिक वर्ष २०७१/७२ मा १ लाख ७८ हजार ४ सय ५७ पर्यटकबाट २४ करोड ६२ लाख ३७ हजार ६ सय ५८, आर्थिक वर्ष २०७२/७३ मा ८७ हजार ३ सय ९१ पर्यटकबाट ११ करोड ६८ लाख ५३ हजार ७ सय १०, आव २०७३/७४ मा १ लाख ३९ हजार १ सय २५ पर्यटकबाट २२ करोड ७१ लाख ६३ हजार ४ सय १ रुपैँया राजस्व संकलन भएको थियो । 
आर्थिक वर्ष २०७४/७५ मा १ लाख ५२ हजार ६ सय ७१ पर्यटकबाट २४ करोड ८१ लाख ९९ हजार ९ सय ९८ र आव २०७५/७६ मा १ लाख ८७ हजार १ सय ९ पर्यटकबाट २९ करोड १० लाख ९७ हजार ८ सय २३ रुपैयाँ राजस्व संकलन भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy