काठमाडौं । केन्द्रीय तथ्यांक विभागको पछिल्लो विवरणअनुसार काठमाडौंमा ५० लाखभन्दा बढी मानिस बस्छन्। यहाँ आपूर्ति हुने खानेपानीले जनसंख्याको एक चौथाइलाई पनि धान्न सकेको छैन। उपत्यकामा ४२ करोड लिटर पानीको माग छ। तर केयूकेलले १० करोड लिटर पनि आपूर्ति गरेको छैन। केयूकेलका उपप्रबन्धक प्रकाशकुमार राई उपत्यकामा खानेपानी आपूर्ति गर्न नसकिएको स्वीकार गर्छन्।
आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - ‘माग अत्यधिक छ, आपूर्ति थोरै छ,’ उनले भने, ‘तर पनि पानी हाहाकार छैन।’ उनले मेलम्ची नआएसम्म काठमाडौंमा खानेपानी समस्या समाधान नहुने बताए। ‘पानी कम भएकाले सबै उपभोक्ताकहाँ एकैपटक आउँदैन’, उनले भने, ‘तर आउँदै–आउँदैन भन्नेचाहिँ होइन।’ उनका अनुुसार काठमाडौंमा खानेपानीको उत्पादन क्षमता वर्षा र हिउँदमा फरक छ। वर्षामा १२ देखि १३ हजार करोड लिटर खानेपानी उत्पादन हुन्छ भने हिउँदमा ९ देखि १० करोड लिटर पानी उत्पादन हुन्छ। उपत्यकामा भूमिगत र सतह गरी दुई प्रकारका पानीका स्रोत छन्।
असारमा चार करोड लिटर पानी भूमिगत स्रोतबाट उपलब्ध हुन्छ भने करिब ९ करोड लिटर सतहबाट प्राप्त हुन्छ। यो वर्ष नियमित वर्षा भएका कारण सतहको पानी बढेको केयूकेएलले जनाएको छ।
पानी झर्दैन, मिटर चढिरहन्छ
उपत्यकाका सुन्दरीजल, महादेवखोला, सातमुहाने, शेषनारायण लगायत खोला तथा नदी खानेपानीका स्रोत हुन्। खानेपानी संकलनका लागि महाकांल चौर, पानीपोखरी महाराजगन्ज, बाँसबारीमा रिजर्भ वायर छन्। त्यस्तै बानेश्वर, अनामनगर, भैंसेपाटी, सुन्दरीधारा, मुडे, भक्तपुरको बाँसबारीमा ओभरहेड ट्यांकी छन्। मिटर राखेका उपभोक्ताले मासिक १ हजार ८५ तिर्नुपर्छ भने मिटरवाला ग्राहकले खपतका आधार महसुल तिर्ने व्यवस्था रहेको केयूकेलले जनाएको छ।
उनले २ दिनदेखि १५ दिनको अन्तर सबै स्थानमा पानी वितरण गरिरहेको दाबी गरे। ‘कहीं २ दिनमा आउँछ त कहीं २ हप्ताको फरक पनि छ,’ उनले भने।
उनले पानी आउने ठाउँमा अस्थायी रूपमा बिलिङ रोक्का गर्ने व्यवस्थासमेत रहेको जानकारी दिए। ‘ल मेरो पानी आउँदैन, अस्थायी रुपमा बिलिङ रोकिदिनुपर्यो भन्यो भने हामीसँग बिलिङ रोक्ने प्रणाली छ,’ उनले भने, ‘तर उपभोक्ता रोक्का गर्न आउँदैनन्, गुनासो मात्रै गर्छन्।’
उनका अनुसार पाइपलाइन पुरानो भएका कारण बिग्रिने र भत्किने समस्या छ। पाँडेटोल, क्षेत्रपाटी, कीर्तिपुरमा खानेपानी सबैभन्दा बढी समस्या रहेको उनले स्वीकार गरे।
केही उपभोक्ताले पम्प लगाएर पानी तानिदिँदा अरू उपभोक्ता मर्कामा परेका छन्। केयूकेएलले समानुपातिक रूपमै पानी वितरण गरेको उनको दाबी छ। ‘पम्प लाएको छ, तर छिमेकी रिसाउँछ भनेर उजुरी आउँदैन, त्यसले गर्दा स्वयं उपभोक्ता पीडित छन्’, उनले भने।
केयूकेलका सूचना अधिकारी दीपेन्द्रबहादुर ओलीले परम्परागत प्रणालीका कारण उपत्यकामा पानी समस्या भएको बताए। निजी पानी कम्पनी, होटल, अस्पताल, विद्यालयले जथाभाबी बोरिङ गरेर पानी निकालेका कारण भविष्यमा उपत्यकामा ठूलै विपत्ति आउन सक्ने प्राविधिकहरू बताउँछन्।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: