भारतमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले बलात्कार तथा हत्या घटनामा मुछिएका एक राज्य विधायकलाई पार्टीबाट निकालेको छ। उत्तर प्रदेशका विधानसभा सदस्य कुलदीप सेंगरमाथि बलात्कार पीडित तथा उनकी वकिल घाइते हुने गरि आइतवार गाडी दुर्घटना गराएको आरोप लागेको छ।
ती पीडितका दुई आफन्तपनि मारिएका छन्। उक्त घटना नरेन्द्र मोदी सरकारको निम्ति समेत लज्जाको विषय बनेको छ। सरकारले सेंगरलाई जोगाउन खोजेको आरोप लागेको थियो। भारतको सर्वोच्च अदालतले उक्त बलात्कार घटनाको मुद्दा चलाउन ४५ दिनको समयसीमा तोकिदिएको छ।
गाडी दुर्घटनाको छानबिन एक हप्ताभित्र गरिसक्न उसले अनुसन्धानकर्तालाई आदेश दिएको छ।यसअघि आइतवार भएको गाडी दुर्घटनामा सेंगरमाथि बलात्कारको आरोप लगाउनी पीडित घाइते भएकी थिइन्।
सो घटनापछि भाजपाले सेंगरलाई पार्टीबाट निकाल्न गरेको ढिलाइबारे चर्का आवाज उठेका थिए।सेंगर हाल मुद्दाको पर्खाइमा जेलमा छन् र उनले आफूविरुद्धको आरोप अस्वीकार गरेका छन्।
पीडितकी आमाले सेंगरलाई पार्टीबाट निकाला गरेको समाचार राम्रो भएको प्रतिक्रिया दिइन्। सन् २०१७ मा आफ्नी छोरीले सेंगरलाई बलात्कारको आरोप लगाए यता पूरै परिवार त्रासमा बाँच्न बाध्य भएको उनले बताइन्।
ती पीडित आफ्नो वकिल र आफन्तसँग कारमा यात्रा गरिरहँदा एउटा लरीले राय बरेलीस्थित राजमार्गमा ठक्कर दिएको थियो। सन् २०१७ को जुन महिनामा कामको निम्ति सेंगरलाई भेटेपश्चात् उनले आफूलाई अपहरण गरेको र एक साताभन्दा धेरै समयसम्म उनले र अरूले पटक पटक बलात्कार गरेको बताएकी छन्। बिबिसिबाट
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: