प्रिय् कमरेड,
क्रान्तिकारी अभिवादन !
यतिबेला देश र जनताको लागि तपाईं एउटा निकै संघर्षशिल मैदानमा हुनुहुन्छ । तपाईंलाई वर्ग दुश्मनले घेरामा हाल्ने निकै प्रयत्न गरिरहेका छन् । तिनै वर्ग दुश्मन र जासुसीको घेराभित्र तपाईंले पार्टीको नेतृत्वदायी भूमिकालाई निकै संघर्षपूर्ण ढंगबाट अगाडि बढाईरहनु भएको छ । भ्रष्ट र दलालको विरुद्ध चलाइएको यो आन्दोलनमा अहिले धेरै जनता आवद्ध हुने र आन्दोलन क्रमिक रुपमा अगाडि बढ्ने स्थिति पनि पैदा भएको छ ।
आदरणीय कमरेड, म पनि तपाईंले नेतृत्व गर्नुभएको क्रान्तिलाई चरम उत्सर्गमा पुर्याउनु पर्छ भन्दै निरन्तर संगठन विस्तार तथा सुदृढीकरण अभियानमा खटिएको र अभियानमा सहभागि हुने क्रममा प्रहरीबाट निकै नै यातना र दमन सहेर लामो समय हिरासतमा बसेको व्यक्ति मध्ये एक व्यक्ति हुँ ।
कमरेड, आज एउटा सानो कुरा तपाईंसँग राख्न मन लागेको छ । तपाईं दस वर्षे जनयुद्ध र आन्दोलनको समयदेखि राष्ट्र र राष्ट्रियताको सबालमा निकै त्याग गरेर यो ठाउँसम्म आउनु भो । नेपालमा क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने सबालमा तपाईंको भूमिका अत्यन्तै महत्वपूर्ण छ । कमरेड तपाई हामी सबै क्रान्तिका पक्षधर सँगै शान्तिका पक्षधर पनि हौं । आज यसै सन्दर्भमा कमरेड तपाईसँग आन्दोलनका बेला हामीले गरिने बन्दको सन्दर्भमा केहि सुझाव राख्न चाहन्छु ।
कमरेड हामी २१ औं शताब्दीको वैज्ञानिक युगमा छौं । त्यसकारण हामीले गर्ने अभियानलाई त्यहि रुपबाट ढाल्नु पर्दछ । हाम्रा शैलिहरु हिजोका जस्ता आदिम कालका नभई वैज्ञानिक खालका अनि शताब्दी सुहाउने खालको हुनुपर्दछ ।
मैंले यहाँ आन्दोलनका बेलामा गरिने नेपाल बन्दको बिरोध गरेको हैन् तरपनि अब यो बन्द कार्यक्रम पहिला कै जस्तो परम्परा धान्ने खालको नभई नयाँ शैलिको हुनुपर्दछ भन्ने सुझाव राख्न चाहन्छु । म प्रष्ट भन्न चाहन्छु, निर्विकल्प जस्तो अवस्थामा गरिने बन्द कार्यक्रम जसको विरुद्ध गरिएको हो त्यसलाई असर गरेको अवस्था छैन् । न सरकारका निकायलाई असर गरेको छ, न त दलाल पूँजीपति वर्गलाई । यहाँ त सामान्य गरिखाने वर्ग समस्यामा परेका छन् ।
बन्दको कारण लाखौं विद्यार्थीहरु पढ्नबाट बञ्चित भएका छन् । सामान्य मजदुरहरु काम विहिन भएका छन् । त्यसकारण कमरेड, यो निम्नवर्गीय जनतालाई फाइदा नपुग्ने तर कुलिन र दलाल नोकरशाहीलाई फाईदा पुग्ने आन्दोलनको रुप फेर्नुपर्ने बेला आएको छ ।
त्यसकारण कमरेड नेपाल बन्द हैन, नेपाल खुला राखेर निम्न कुरामा बन्द गराउने कार्यक्रम ल्याउन म सुझाव राख्न चाहन्छु ।
१. सरकारी कर्मचारीको ढिलासुस्ती अनि जनतालाई राहत होइन् आहत दिने शैली र प्रवृत्तिको विरुद्ध बन्द गरौं ।
२. शिक्षा स्वास्थ्य जस्ता आधारभुत कुरामा भएको व्यापारिकरणविरुद्ध अभियान चलाऔं । शिक्षा र स्वास्थ्यका माफियालाई जनताको बिचमा लगेर जनकारबाही गरौं ।
३. भ्रष्ट नेतालाई कारबाही गर्ने कार्यक्रम ल्याऔं ।
४. वर्षेनी विकासको काममा करोडौं अनि अरबौं घोटला गर्ने ठेकेदार र दलालाई सिधा-सिधा जनकारबाही गरौं ।
५. जनताको रगत र पसिनामाथी खेलवाड गरि जनताको करबाट मोजमस्ती गर्ने, चिल्लो गाडी चड्नेलाई प्रतिबन्ध लगाऔं ।
६. देश र जनता लुट्ने विदेशी माफिया आउन प्रतिबन्ध लगाऔं ।
माथि उल्लेखित केहि कार्यक्रम गर्न सके सबै नेपाली जनताको मन हामीले जित्न सक्छौं । त्यसकारण कमरेड, नेपाल बन्दको विकल्पमा माथि उल्लेखित कार्यक्रम ल्याएर क्रान्तिलाई अगाडि बढाऔं ।
(चौलागाईं काभ्रे–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चका पुर्ब सचिव हुन्)
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...


प्रतिकृया लेख्नुहोस्: