Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

विप्लवलाई खुला पत्र : कमरेड बन्दको वैज्ञानिक विकल्प खोज्नुस् !

प्रिय् कमरेड,
क्रान्तिकारी अभिवादन !

यतिबेला देश र जनताको लागि तपाईं एउटा निकै संघर्षशिल मैदानमा हुनुहुन्छ । तपाईंलाई वर्ग दुश्मनले घेरामा हाल्ने निकै प्रयत्न गरिरहेका छन् । तिनै वर्ग दुश्मन र जासुसीको घेराभित्र तपाईंले पार्टीको नेतृत्वदायी भूमिकालाई निकै संघर्षपूर्ण ढंगबाट अगाडि बढाईरहनु भएको छ । भ्रष्ट र दलालको विरुद्ध चलाइएको यो आन्दोलनमा अहिले धेरै जनता आवद्ध हुने र आन्दोलन क्रमिक रुपमा अगाडि बढ्ने स्थिति पनि पैदा भएको छ ।

आदरणीय कमरेड, म पनि तपाईंले नेतृत्व गर्नुभएको क्रान्तिलाई चरम उत्सर्गमा पुर्याउनु पर्छ भन्दै निरन्तर संगठन विस्तार तथा सुदृढीकरण अभियानमा खटिएको र अभियानमा सहभागि हुने क्रममा प्रहरीबाट निकै नै यातना र दमन सहेर लामो समय हिरासतमा बसेको व्यक्ति मध्ये एक व्यक्ति हुँ ।

कमरेड, आज एउटा सानो कुरा तपाईंसँग राख्न मन लागेको छ । तपाईं दस वर्षे जनयुद्ध र आन्दोलनको समयदेखि राष्ट्र र राष्ट्रियताको सबालमा निकै त्याग गरेर यो ठाउँसम्म आउनु भो । नेपालमा क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने सबालमा तपाईंको भूमिका अत्यन्तै महत्वपूर्ण छ । कमरेड तपाई हामी सबै क्रान्तिका पक्षधर सँगै शान्तिका पक्षधर पनि हौं । आज यसै सन्दर्भमा कमरेड तपाईसँग आन्दोलनका बेला हामीले गरिने बन्दको सन्दर्भमा केहि सुझाव राख्न चाहन्छु ।

कमरेड हामी २१ औं शताब्दीको वैज्ञानिक युगमा छौं । त्यसकारण हामीले गर्ने अभियानलाई त्यहि रुपबाट ढाल्नु पर्दछ । हाम्रा शैलिहरु हिजोका जस्ता आदिम कालका नभई वैज्ञानिक खालका अनि शताब्दी सुहाउने खालको हुनुपर्दछ ।

मैंले यहाँ आन्दोलनका बेलामा गरिने नेपाल बन्दको बिरोध गरेको हैन् तरपनि अब यो बन्द कार्यक्रम पहिला कै जस्तो परम्परा धान्ने खालको नभई नयाँ शैलिको हुनुपर्दछ भन्ने सुझाव राख्न चाहन्छु । म प्रष्ट भन्न चाहन्छु, निर्विकल्प जस्तो अवस्थामा गरिने बन्द कार्यक्रम जसको विरुद्ध गरिएको हो त्यसलाई असर गरेको अवस्था छैन् । न सरकारका निकायलाई असर गरेको छ, न त दलाल पूँजीपति वर्गलाई । यहाँ त सामान्य गरिखाने वर्ग समस्यामा परेका छन् ।

बन्दको कारण लाखौं विद्यार्थीहरु पढ्नबाट बञ्चित भएका छन् । सामान्य मजदुरहरु काम विहिन भएका छन् । त्यसकारण कमरेड, यो निम्नवर्गीय जनतालाई फाइदा नपुग्ने तर कुलिन र दलाल नोकरशाहीलाई फाईदा पुग्ने आन्दोलनको रुप फेर्नुपर्ने बेला आएको छ ।

त्यसकारण कमरेड नेपाल बन्द हैन, नेपाल खुला राखेर निम्न कुरामा बन्द गराउने कार्यक्रम ल्याउन म सुझाव राख्न चाहन्छु ।
१. सरकारी कर्मचारीको ढिलासुस्ती अनि जनतालाई राहत होइन् आहत दिने शैली र प्रवृत्तिको विरुद्ध बन्द गरौं ।

२. शिक्षा स्वास्थ्य जस्ता आधारभुत कुरामा भएको व्यापारिकरणविरुद्ध अभियान चलाऔं । शिक्षा र स्वास्थ्यका माफियालाई जनताको बिचमा लगेर जनकारबाही गरौं ।

३. भ्रष्ट नेतालाई कारबाही गर्ने कार्यक्रम ल्याऔं ।

४. वर्षेनी विकासको काममा करोडौं अनि अरबौं घोटला गर्ने ठेकेदार र दलालाई सिधा-सिधा जनकारबाही गरौं ।

५. जनताको रगत र पसिनामाथी खेलवाड गरि जनताको करबाट मोजमस्ती गर्ने, चिल्लो गाडी चड्नेलाई प्रतिबन्ध लगाऔं ।

६. देश र जनता लुट्ने विदेशी माफिया आउन प्रतिबन्ध लगाऔं ।

माथि उल्लेखित केहि कार्यक्रम गर्न सके सबै नेपाली जनताको मन हामीले जित्न सक्छौं । त्यसकारण कमरेड, नेपाल बन्दको विकल्पमा माथि उल्लेखित कार्यक्रम ल्याएर क्रान्तिलाई अगाडि बढाऔं ।

(चौलागाईं काभ्रे–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चका पुर्ब सचिव हुन्)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies