काठमाडौं । नयाँ बानेश्वरको ट्राफिक लाइट नियाल्दा अनौठो दृश्य देखिन्छ। एकोहोरो पहेंलो मात्र बलेको देखिन्छ। लाइटको निर्देशन मान्ने हो भने चालक ‘तयार’ मात्र रहनुपर्छ। हिँड्न पाउँदैनन्। पहेंलो बत्ती बले तयार रहने, हरियो बले हिँड्ने र रातो बले रोकिनुपर्छ। यो नियम यहाँ लागू भएको देखिँदैन किनकि लाइट बेकामे भएको छ। यसले सही संकेत नगरेपछि ट्राफिक प्रहरी हातले निर्देशन गरिरहेका हुन्छन्।
आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - यो समस्या गौशाला, पुतलीसडक, सिंहदरबार अगाडि, कालिमाटी, चक्रपथ, पुरानो बानेश्वर, पद्मोदय विद्यालय अगाडिको चोक, मित्रपार्कलगायत ठाउँमा पनि देखिन्छ। सबै ठाउँमा लाइट छ तर त्यसले काम गर्दैन। निर्देशन सधैं एउटै दिन्छ। सबै ठाउँमा लाइटभन्दा ट्राफिक प्रहरीको हातको निर्देशन चल्छ।
पुराना हटाउने, मर्मत गर्ने, नयाँ फेर्ने काम सडक विभागको हो। विभागले समयमा ध्यान नपुर्याउँदा सवारी साधन चालकलाई हैरानी छ। लाइटमा समस्या भएको सडक पूर्वाधार तथा ट्राफिक महाशाखा प्रमुख दीप बराहीले स्वीकार गरे। धेरै ठाउँमा मर्मत सकिएर चालु हुने अवस्थामा रहेको उनको भनाइ छ। ‘कालिमाटी, तीनकुने, सिंहदरबार, पद्मोदय, बागबजार, पुरानो बानेश्वर, गौशाला, मित्रपार्कलगायत नौ ठाउँमा मर्मत सकिएको छ’, उनले भने, ‘काम सकिए पनि बत्ती सुचारु भएको छैन।’
ट्राफिक प्रहरी र सवारी साधनलाई यसमा अभ्यस्त पार्न दिनमा दुई घण्टा चलाउने गरिएको उनले सुनाए। ‘एकै पल्ट चालु गर्दा सबै अभ्यस्त नहुन सकिन्छ। केही समय ट्राफिक प्रहरीलाई पनि ट्रेनिङ दिएपछि पूर्णरूपमा सुचारु हुन्छ’, उनले अन्नपूर्णसँग भने।
थापाथली, माइतीघर, चावहिललगायत ठाउँमा भने बत्तीले कुनै संकेत देखाउँदैनन्। यी ठाउँका ट्राफिक लाइट बिग्रिएको लामो समय हुँदा पनि विभागले मर्मत गरेको छैन। बाँकी ठाउँमा चाँडै मर्मत गर्ने योजना बनेको उनले बताए। ‘मर्मत गर्दा चल्ने ठाउँका बत्ती चाँडो बनाइन्छ’, उनले भने, ‘पूर्णरूपले नचल्ने भएको रहेछ भने नयाँ सिस्टमको बत्ती जडान गरिन्छ।’
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: