काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३ औँ स्मृति दिवसका अवसरमा उनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
एक विज्ञप्ति जारी गर्दै नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका दुई प्रमुख व्यक्तित्वको रहस्यमय निधनले देशलाई अपूरणीय क्षति पुगेको स्मरण गरेका हुन्।
जननेता मदन भण्डारीलाई नेपाली कम्युनिष्ट आन्दोलनको नवीन विचारक र सिद्धान्तकारका रूपमा चित्रण गर्दै उनले प्रतिपादन गरेको 'जनताको बहुदलीय जनवाद' (जबज)ले नेपाली क्रान्तिलाई मौलिक दिशा दिएको उनले उल्लेख गरेका छन्। विश्वभर कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला भण्डारीले प्रतिपादन गरेको विचारले नेपालमा कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय र बलियो बनाएको उनको भनाइ छ। यस्तै, जीवराज आश्रितले पार्टीको विधि, पद्धति र संगठन निर्माणमा खेलेको भूमिकालाई पनि उनले विशेष स्मरण गरेका छन्।
आफ्नो सन्देशमा पूर्वप्रधानमन्त्री नेपालले वर्तमान राजनीतिक चुनौतीबारे चर्चा गर्दै दक्षिणपन्थी अवसरवाद, अहंकारवाद र विसर्जनवाद विरुद्धको सङ्घर्ष निरन्तर जारी रहने बताएका छन्। उनले जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने र कम्युनिष्ट आन्दोलनलाई विसर्जनतर्फ धकेल्ने प्रयास भइरहेको भन्दै कार्यकर्ताहरूलाई सचेत गराएका छन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - ०९:०३
काठमाडौं । पश्चिम एसियामा चुलिँदै गएको तनावबीच भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नियन्त्रण सुरु गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न ...
जेष्ठ ३ गते, २०८३ - ०९:००
काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग इरान युद्धको बारेमा संवाद गर...
जेष्ठ ३ गते, २०८३ - ०८:५७
काठमाडौं । वर्षायाम सुरु भएसँगै कैलाश मानसरोवर दर्शनका लागि जाने भारतीय धार्मिक पर्यटकको चहलपहल सिमकोट मा बढ्न थालेको छ । नेपालगन्ज–सिमकोट–हिल्सा म...
जेष्ठ ३ गते, २०८३ - ०८:५५
काभ्रेपलान्चोक । महाभारत गाउँपालिका–६ का ७१ परिवारलाई ६ हजार ८०० कफीको बिरुवा वितरण गरिएको छ । ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’ नारालाई...
जेष्ठ ३ गते, २०८३ - ०८:५२
दाङ । दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन् । साथै उनीहरू बबई नदी किनाराको जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर ...
जेष्ठ ३ गते, २०८३ - ०८:५०
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३ औँ स्मृति दिवसका अवसर...
जेष्ठ ३ गते, २०८३ - ०८:४७
काठमाडौं । यस वर्ष चैत–वैशाखमै लगातार पानी पर्दा धेरैले मनसुन सुरु भइसक्यो जस्तो अनुभव गरे । सामान्यतया अत्यधिक गर्मी हुने समयमा वर्षा, असिना र हिउँसम...
जेष्ठ ३ गते, २०८३ - ०८:४६
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा चार लाख १७ हजार रुपैयाँ राजस्व दाखिला ...
जेष्ठ ३ गते, २०८३ - ०८:३९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले जननेता मदन भण्डारी लाई सम्झँदा एउटा नेता वा मित्र गुमाएको मात्रै होइन, “युगद्रष्टा सहयोद्धा गुमाएको...
जेष्ठ ३ गते, २०८३ - ०८:३७
काठमाडौं । भारतले चिनी निर्यातमा रोक लगाएपछि नेपाली बजारमा अभाव र मूल्यवृद्धिको चिन्ता बढिरहेका बेला सरकारले भने तत्काल आत्तिनुपर्ने अवस्था नरहेको दाब...



प्रतिकृया लेख्नुहोस्: