एजेन्सी । पूर्व राष्ट्रपति बराक ओबामाले आफ्ना कुनै पनि नेताको घृणा र जातीयता प्रवर्द्धन गर्ने अभिव्यक्ति अस्वीकार गर्न अमेरिकीहरूलाई आग्रह गरेका छन्।
ओबामाले कसैको नाम लिएनन्, तर राष्ट्रपति ट्रम्पले आफ्नो आप्रवासी विरोधी भाषणले हिंसा चर्काएको भनेर भइरहेको आलोचना पन्छ्याउने प्रयत्न गरिरहेका बेला उनले पछिल्लो अभिव्यक्ति दिएका हुन्।
पछिल्लो बन्दुक आक्रमणहरूपछि राष्ट्रपति ट्रम्पले घृणा र गोराजातिको सर्वोच्चता चाहनेहरूको निन्दा गरेका थिए।
उनले आमहत्यामा संलग्नहरूलाई मृत्युदण्ड दिइनुपर्ने र बन्दुक नियन्त्रण सम्बन्धी कानूनहरूबारे दलीय सहकार्य हुनुपर्नेमा पनि जोड दिएका छन्।
ुविविधता अमेरिकी विशेषताु
सप्ताहन्तमा टेक्सस र ओहायोमा भएका दुई सामूहिक हत्यामा ३१ जनाको मारिएपछि ओबामा बोल्दै थिए।
बीबीसीका उत्तर समेरिका संवाददाता पिटर बोवेसका अनुसार ओबामाले भने हामी सबैले सहनशीलता र विविधताको मूल्यमान्यता अङ्गाल्दै दैनिक व्यवहार गर्नुपर्छ। त्यो नै हाम्रो प्रजातन्त्रको विशेषता हो।
ओबामाको धारणासँग एल पासो घर भएका डेमोक्र्याटिक पार्टीका राष्ट्रपति पदका आकाङ्क्षीले पनि सहमति जनाएका छन्।
राष्ट्रपति पदमा बहाल रहँदा ओबामाले बन्दुकको स्वामित्व नियन्त्रण गर्न गरेको प्रयास विफल भएको थियो।
सन् २०१५ मा उनले बीबीसीलाई दिएको अन्तर्वार्तामा बन्दुकबाट जोगिनसक्ने साधारण खालका कानुन समेत पालना गर्न विफल हुनु आफ्नो कार्यकालको सबैभन्दा ठूलो निराशा भएको उल्लेख गरेका थिए।
पछिल्ला दुई गोलीकाण्डपछि पनि राष्ट्रपति ट्रम्पले बन्दुक नियन्त्रण गर्ने कुनै योजना सुनाएका छैनन्।
बरु उनले मानसिक रोगका कारण अमेरिकामा बन्दुकसँग जोडिएका हिंसाहरू भइरहेको बताए।
ट्रम्पद्वारा भर्त्सना
अहिले फेरि ट्रम्पले जातीयता, असहिष्णुता र गोराजातिको सर्वोच्चता चाहनेहरूको भर्त्सना गर्न थालेका छन्।
ट्रम्पले कानुन परिवर्तन गरेर खतरनाक ठानिएका मानिसविरुद्ध कानुनी कारबाही गर्न सकिने सङ्केत समेत गरेका छन्।
शनिवार अल पासो टेक्सासमा भएको गोलीकाण्डमा २२ जना मारिएका थिए भने २६ जना घाइते भएका थिए।
डालस नजिकैको शहर एलेन बस्ने संदिग्ध आक्रमणकारीले हमला अघि अनलाईनमा एउटा दस्तावेज राखेको र त्यसमा टेक्ससमा भएको हिस्प्यानिक समुदायको अतिक्रमणविरूद्ध आफ्नो कदम लक्षित रहेको उल्लेख गरेको जनाइएको छ।
त्यसपछि आइतबार सबेरै एक बन्दुकधारीले आफ्नी बहिनी र अन्य आठजनालाई डेटन ओहायोमा गोली हानी मारिदिएका थिए। उक्त आक्रमणमा २७ अन्य घाइते भएका छन्।
प्रहरी कारबाहीमा ती हमलाकारी मारीएका छन्। तर अधिकारीहरूले उक्त आक्रमणको उद्देश्यबारे केही बताएका छैनन्। सोमवार प्रहरीले बन्दुकधारीले आफ्नै बहिनीको हत्या गर्नुको उद्देश्य खुल्न नसकेको बताएका थिए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: