Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौँ । मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । सुनसरी, सर्लाही, बारा, कास्की, नवलपरासी पूर्व, कञ्चनपुर, धनुषा र बर्दियामा शुक्रबार र आज भएका सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको हो ।

सुनसरीको दुहबी नगरपालिका-२ तुथाहामाबसको ठक्करबाट साइकलयात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका-४ मा ट्याक्टरको ठक्करबाट साइकलमा सवार लालबन्दी-९ बस्ने सन्तोष भट्टराईकी छ वर्षीया छोरी अन्सु भट्टराई, बाराको कलैया उपमहानगरपालिका-२४ मा मोटरसाइकलको ठक्करबाट पैदलयात्री कलैया-१६ दिब्यनगरी ७० वर्षीया दहउरादेवी महतो, कास्कीको अन्नपूर्ण गाउँपालिका-९ सुधामेमा बोलेरोको ठक्करबाट साइकलयात्री अन्नपूर्ण-९ का डिलबहादुर आलेकी छ वर्षीया छोरी सुस्मा आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नवलपरासी पूर्वको कावासोती नगरपालिका-८ कालीगण्डकी चोकमा आज बिहान ट्रक र स्कुटर एकापसमा ठोक्किँदा स्कुटरमा सवार हुप्सेकोट गाउँपालिका-३ की ३६ वर्षीया निशा कुमाल, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१ स्याउले बजारमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दोधारा चाँदनी-१ का १४ वर्षीय विवश चुनाराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, धनुषाको हंसपुर नगरपालिका-२ बक्चौडामा आज बिहान मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थाका रामटहल मण्डलका १४ वर्षीय छोरा कृष्ण मण्डलको मृत्यु भएको छ भने बर्दियाको गुलरिया नगरपालिका-११ लालपुरमा आज बिहान भएको दुर्घटनामा गुलरिया-११ का अलिशेर साइकी आठ वर्षीया छोरी नाजिया साइको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस नेता खरेलकाे निधन

काठमाडौं । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसभित्र सादगी नेताका रुपमा चिनिएका उनी  केही वर्षदेखि ‘दम’ रोगबाट...

आफ्नै कार्यकर्तादेखि सतर्क, बन्द सत्रमा बाउन्सर र मेटल डिटेक्टरको पहरा

काठमाडौं । लोकतान्त्रिक अभ्यास, विचारको बहस र कार्यकर्ताको सहभागिताको कुरा गर्ने दलको बन्द सत्रमा भने यसपटक सुरक्षा व्यवस्थाले सबैको ध्यान तानेको छ। न...

एमालेभित्रको बहस : ‘पुनर्गठन’को संकेत कि नयाँ सहमतिकाे खोजी ?

काठमाडौं । नेकपा एमालेभित्र केही समययता देखिएको वैचारिक बहस र सार्वजनिक अभिव्यक्तिका बीच उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएक...

लुम्बिनी प्रदेशसभा बैठकः आजदेखि बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची

लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०...

२६ वर्षदेखि बन्द हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी

मकवानपुर । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुगमन र सक्रि...

गाजर किन सुन्तला रंगको हुन्छ ?

काठमार्डौं । गाजर  एउटा साधारण देखिने तर अत्यन्तै पौष्टिक तरकारी हो, जुन विश्वभर स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ। यो प्रायः सलाद, जुस, तरकारी र म...

सलाह चम्किँदा इजिप्ट शीर्षमा, न्यूजिल्यान्डको अग्रता खेर

काठमाडौं । कप्तान मोहम्मद सलाहको प्रेरणादायी प्रदर्शनमा इजिप्टले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ मा पहिलो जित दर्ता गर्दै शीर्ष स्थान कब्जा गरेको...

बाँदर र बारीबीचको युद्ध : वालिङका किसानको पीडा र समाधानको खोजी

वालिङ । बिहानको घाम अझै राम्ररी फैलिएको थिएन। स्याङ्जाको वालिङ नगरपालिका–५ का एक किसान आफ्नो बारीतिर लागे। केही महिनाअघि ठूलो आशाका साथ रोपिएको मकै पा...

वडाध्यक्षमाथि मुक्का प्रहार गरेको आरोपमा पत्रकार पक्राउ, अभद्र व्यवहारमा मुद्दा दर्ता

धनगढी । कञ्चनपुरमा एक सार्वजनिक कार्यक्रममा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् । घटनापछि उनीविरुद्ध अभद्र व्यवह...

राहदानी ठेक्का प्रकरणमा अख्तियारको घेरा : नारायणकाजीसँग बयान, आरजुलाई पर्खाइ

काठमाडौँ । विद्युतीय राहदानी छपाइमा भएको भनिएको अनियमितताको अनुसन्धान तीव्र बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री नारायणकाज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending