Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

युवाले सरकारलाई खबरदारी गर्छ र सहयोग गर्छ: संयाेजक दीपशिखा

मोरङ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा राष्ट्रिय युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाले युवाको बारि बाँझो हुन नहुने र अर्गानिक खेति गरेर जनताकासामू सबैले परिश्रम गरेर खानु पर्छ भन्ने उदाहरण देखाउन निर्देशन दिएका छन् ।

सांगठनिक कामका लागि प्रदेश १ मा पूर्व वाइसिएलको पदाधिकारी टिम लिएर पुगेका अध्यक्ष दिपशिखाले उर्लाबारीमा युवा नेता तथा कार्यकर्तालाई जनप्रतिनिधिको काम कारवाही प्रति निगरानी राख्दै जनताको सेवामा चुस्तता रहे नरहेकोबारे सचेत बन्दै खबरदारी गर्न निर्देशन दिएका छन् ।

जनप्रतिनिधिलाई रचनात्मक सुझावका साथै खबरदारी गर्नु युवाको जिम्मेवारी रहेको भन्दै आफू समेत बारी बाँझो राखेर हिड्ने तर अरुलाई वैज्ञानिक कृषिका कुरा गरेर नहुने तर्क राखेका हुन् । दिपशिखाले भने नेपालले राम्रो कृषि मन्त्री पाउनका लागि सबै कृषकहरु आफुले गर्ने कृषीजन्य उत्पादनका काममा दक्ष हुनुपर्ने कुरामा जोड दिए । डाँडामा बस्ने बा(आमालाई खाना पकाउन दाउरा होइन ज्ञास पुर्‍याइदिने युवाले समाजका लागि केही गर्न नसक्ने भन्दै गाउँमा बसेर दुई किलो टमाटर किनेर तरकारी बनाउने होइन आफ्नै बारीमा तरकारी उत्पादन गरि बजारमा बेच्न आग्रह गरे ।

जनताले नेताहरुको आचरण बिग्रेको भन्दै राजनीति प्रति नै वितृष्णा जाग्ने खालका कामहरु हुनबाट जोगिन ठेकेदारको अघि पछि उभिएर खाने युवाले नत आफ्नो लागि केही गर्छ नत आफ्नो परिवारको लागी ।

युवालाई निर्देशन दिदै अध्यक्ष दिपशिखाले भने, ठेकेदारको अघि पछि उभिएर खाने युवा र कलेज संचालकको गाडी चढेर खाने विद्यार्थी नेताले जनताको जनवादका लागि केही गर्न सक्दैन । मैले संगठनका सबैलाई भनेको छु अबको युवा संगठनका नेताहरुको वारि बाझो बस्नु भएन । सबैले आफ्नो बारीमा अर्गानिक खेतो गर्न जरुरी छ ।

जनप्रतिनिधिले डोजर किनेर आफ्ना क्षेत्रका निर्मानका कामहरु आफैले गरेर सम्पत्ति आर्जन गरेको खबरहरु आइरहेको अवस्थामा खबरदारी गर्दै आफैले डोजर किन्ने, आफू अनुकुल उपभोक्ता समिती बनाउने र अनुगमन समेत आफैले गर्ने प्रवृत्तिले पार्टीको छवि समेत बिग्रिएको भन्दै यस्ता कुरामा सचेत गराउने नमानेमा संघर्षद्वारा त्यस्ता कार्य निरुत्साहित गर्ने तर्फ लाग्नु पर्ने उनको जिकिर थियो ।

यस्तै, युवाहरुले पार्टी एकताको मर्म र स्पिरिटलाई बुझेर आम जनताको घरघरमा जनतामूखी सेवा प्रवाहमा ध्यान दिनुपर्ने अध्यक्ष दिपशिखाको ठम्याई रहेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE