बेइजिङ । धेरै चिनियाँ अभिभावक आफ्ना हुर्केबढेका छोराछोरीले जतिसक्दो चाँडो विवाह गरुन् भन्ने चाहन्छन् । यो उनीहरुको पहिलो प्राथमिकतामा पर्ने घरयासी विषय हुने गरेको एक अध्ययनले देखाएको छ ।
इन्टरनेट मार्फत वैवाहिक सेवा प्रदान गर्ने एक चिनियाँ कम्पनी बाईहेजियायुआनले सार्वजनिक गरेको एक प्रतिवेदनमा झण्डै ८० प्रतिशत चिनियाँ युवायुवतीले बाबुआमाको दबाब झेल्नु परेको उल्लेख छ । तर उनीहरु आफ्ना बाबुआमाले विवाहका लागि दबाब नदिए हुन्थ्यो भन्ने चाहन्छन् ।
विवाहसँग सम्बन्धित चीनको सर्वाधिक ठूलो यो वेबसाइटमा जोडिने युवायुवतीको संख्या झण्डै तीन करोड १० लाख रहेको छ ।
अन्तर्वार्ता लिइएका आधाभन्दा बढीले आफ्नो विवाहका बारेमा आफैँले निर्णय गर्न पाए हुन्थ्यो भन्ने चाहना राख्ने गरेको बताएका छन् । वेबसाइटमा दर्ता रहेका तीमध्ये करिब ३० प्रतिशत युवायुवतीले आफूहरुमाथि बाबुआमाले ज्यादै ठूलो दबाब दिने गरेको बताएका छन् ।
चीनमा विवाहको दर पछिल्ला केही वर्षदेखि निरन्तर ओरालो लागिरहेको छ । सन् २०१३ मा प्रति हजारमा विवाह दर ९।९ थियो भने सन् २०१९ मा त्यो घटेर ७।२ मा आइपुगेको राष्ट्रिय तथ्याँक ब्यूरोले जनाएको छ ।
अन्तर्वार्ता लिइएका करिब ७७ प्रतिशत पुरुष र ६३ प्रतिशत महिलाले विवाहका लागि आफूखुशी विवाहको मिति तोक्ने गरेको बताएका छन् ।
करिब ४० प्रतिशत चिनियाँ एकल व्यक्तिहरुले आफ्नो वैवाहिक विषयमा हस्तक्षेप गर्न बन्द गर्न चाहेको बताएका छन् । प्रतिवेदनमा उनीहरुले बाबुआमाको करकापमा नपरी स्वतन्त्र रुपमा आफूखुशी विवाह गर्न चाहेको उल्लेख छ ।
“विवाह जीवनको एक आवश्यक हिस्सा अब रहेन,” साउथवेस्ट जियाटोङ युनिभर्सिटीका मनोसामाजिक अध्येता प्राध्यापक गाओ फेईले बताए । “विवाह गर्ने वा नगर्ने यो निजी रुचिको कुरा हो, र हरेक व्यक्तिले आफूलाई खुशी तुल्याउने किसिमको निजी जीवनशैली अनुशरण गर्न सक्छन् ।”
“यद्यपी बाबुआमाले राम्रै मनशाय राखेर विवाहका लागि दबाब दिइरहेको कुरा चिनियाँ युवायुवतीले बुझ्नु पर्दछ । धेरैको जोड के छ भने बाबुआमाको दबाबभन्दा पनि टिकाउ विवाह आवश्यक छ,” कम्पनीका महाप्रबन्धक ऊ लिङगुआङ बताउछन् ।
“मेरा बाबुआमाले विवाह गर्न भनिरहनु हुन्छ किनभने आफ्नो हेरचाहका लागि कोही तयार होओस् र उनीहरुको मृत्यु पश्चात् म एक्लै नहोस् भन्ने चाहन्छन्,” प्रतिवेदनमा समेटिएका एक व्यक्तिको भनाई छ । “मेरा बाबुआमाले आफ्ना नातिनातिनासँग खेल्न पाइन्छ भन्ने लोभ पनि राखेको देखिन्छ ।”
“म मैले रुचाएको व्यक्तिसँगै विवाह गर्नेछु,” चेङ्दुका एक २० वर्षीय युवा फू सुआनले बताए । सिन्ह्वा
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: