धुलिखेल । राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्थालाई बोकेर हिड्नु संवैधानिक अधिकार भएको बताएका छन् ।
राप्रपाको प्रशिक्षण विभागद्वारा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेकपाका अध्यक्ष प्रचण्डले राजसंस्थाको वकालत गर्नेहरुलाई दासको संज्ञा दिएकोमा आपत्ती प्रकट गर्दै राजसंस्थालाई बोकेर हिड्नु संवैधानिक अधिकार भएको बताएका हुन् । थापाले कांग्रेस र कम्युनिष्ट पटक पटक असफल भएको हुँदा वैकल्पिक शक्तिको रूपमा राप्रपालाई स्थापित गरिने दृढता प्रकट गरेका छन् ।
अध्यक्ष थापाले सनातन हिन्दु राष्ट्र, संबैधानिक राजसंस्था र सुदृढ स्थानीय शासनको आवश्यकताको औचित्य अझ बढेको हुँदा राप्रपाले लिएको विचार र एजेन्डा बलियो भएको र यसलाई भोटमा परिणत गर्नुपर्ने आवश्यकता भएको कारण २०७६ लाई संगठन निर्माण वर्ष घोषणा गरिएको बताए ।
उनले ७५३ वटै स्थानीय तहका वडासम्म संगठन बनाउने र हिन्दु राष्ट्रको स्थापनाको लागि संकल्प यात्रा गर्ने, भ्रष्टाचार विरुद्ध अभियान चलाउने, गाउँ फर्क अभियान चलाउने लगायतका कार्यक्रम गर्ने बताएका छन् । उनले राप्रपा राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताप्रति अडिग पार्टी भएको बताए । थापाले भने- संविधान निर्माणको समयमा प्रस्तावना मै गणतन्त्र, धर्म निरिपेक्षता र संघीयतालाई अपरिवर्तनीय राखिएकोमा राप्रपाकै कारण परिवर्तनीय बनाईएको दावी गरेका छन् । राप्रपाले लिएको एजेन्डा स्थपित गर्न प्रयास जारी रहेको र केही समय लाग्न सक्ने भएपनि हरेकले स्वतन्त्र रूपमा एजेन्डा बोकेर हिड्न पाउने स्वतन्त्रता राप्रपाकै कारण भएको उल्लेख गरेका छन् ।
कार्यक्रममा वरिष्ठ नेता दिपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता भुवन पाठक लगायतले एजेन्डा सहि भएपनि कार्यकर्ता तहलाइ पार्टीको विचार, सिद्धान्त बारे बुझाउन आवश्यक रहेकाले यस्ता प्रशिक्षण कार्यक्रम फलदायी हुने बताएका छन् । प्रशिक्षक प्रशिक्षण कार्यक्रममा अध्यक्ष कमल थापा, महामन्त्री राजेन्द्र लिङ्देन, प्रवक्ता भूवन पाठक, रमानन्द न्यौपाने, रोजेश रिजाल लगायतले प्रशिक्षण दिने सहायक प्रवक्ता तथा प्रशिक्षण विभागका सदस्य सचिव रामानन्द न्यौपानेले बताएका छन् । प्रशिक्षण दुई दिन चल्ने र प्रशिक्षक प्रशिक्षण पश्चात जिल्ला तह गएर सबै प्रशिक्षकले प्रशिक्षण दिने न्यौपानेले बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: