काठमाडौं । एकादेशमा एक राजाले निरन्तर एउटै किसानबाट दुध लिंदै आएका थिए । किसानले पनि राजालाई राम्रो र गुणस्तरको दुध दिंदै आएको थियो । तर, एक समय किसानले ल्याएको दुध पातलो हुँदै जान थाल्यो ।
राजाले किसानलाई दुध पातलो आउनु कारणबारे सोधे । किसानले ऋतु फेरिएसँगै घाँसपातमा नयाँ पालुवा पलाएकाले वस्तुले नै दुध पातलो दिएको बतायो । तर राजालाई किसानको जवाफ पत्यार लागेन । राजाले शंका लागेर सत्य तथ्य बुझ्न एकजना गुप्तचर खटाए । गुप्तचरले पालुवा पलाएको धाँस खाएको बस्तुले दुध पातलो दिनेकुरा सत्य रहेको प्रतिवेदन राजालाई बुझायो ।
राजालाई दुध झन् पातलो हुँदै गए जस्तो लाग्यो । र, एक दिन फेरि अर्को एक जनालाई अनुगमनका लागि खटाए । दोस्रो व्यक्तिबाट पनि प्रतिवेदनमा पूर्ववत् निश्कर्ष आयो । घाँसको पालुवा नै दुध पातलो हुनुको कारण भएको जानकारी आयो ।
राजा छक्क परे, पालुवा पनि छिप्पिंदै गए । सबैको रिपोर्ट एउटै छ तर, दुध झन–झन पातलो छ । राजा एकदिन आफैं भेष बदलेर अनुगमनमा निस्किए । जाँदै गर्दा ईनार छेउ तीन जना मान्छे देखेर हेर्दा त दुधवाला किसानले गुप्तचर र अनुगमनकर्तालाई एक–एक भाडो दुध दिएर त्यति नै पानी मिसाएको देखे ।
राजा केही नबोली फर्किए । किसान दुध लिएर आयो। राजाले किसानलाई एकान्तमा लगेर यथार्थ बताउन भने । ‘म ईमान्दार किसान महाराजसँग कसरी झुठ बोल्थेंर हजुर, हजुरबाट खटाइएकै मान्छेले मलाई त्यसो गर्न भने, मैले त्यसो गर्नु पाप हो भनी प्रतिकार गर्दा उल्टै दुधमा पानी मिसाएको भनी प्रतिवेदन दिएर राजाबाट सजाएँ दिलाउने धम्की दिए । म डरले यसो गर्न बाध्य भएँ हजुर !’ किसानले विनम्रता पूर्वक विन्ति बिसायो ।
राजाले दुबै प्रतिवेदन पुनः पढे, किसानको सुरुको जवाफ र अहिलेको बयान विचार गरे। गल्ती कतै कसैको छैन । किसानले सत्य बोलेको छ, त्यहीकुरा दुवै प्रतिवेदनमा स्वीकार गरिएको छ । तर दुध झनझन पातलिदै गएको छ । स्राेत : सामाजिक सञ्जाल
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: