Ntc summer Offer
Khabar Dabali १४ पुष २०८१ आईतवार | 29th December, 2024 Sun
Investment bank

प्यारासुट परीक्षण असफल भएपछि युरोपेली अन्तरिक्ष अभियानमा ढिलाइ

स्वीडेनमा भएको प्यारासुट परीक्षण असफल भएपछि युरोप र रुसको संयुक्त प्रयासमा मङ्गल ग्रहमा यान अवतरण गर्ने योजनाको मिति सर्न सक्ने देखिएको छ। प्यारासुटसम्बन्धी परीक्षणमा यो दोस्रो असफलता हो र एक्जोमार्स परियोजनाले थप असफलता बेहोरेमा अबको एक वर्षमा हुने भनिएको मङ्गल ग्रह तर्फको अन्तरिक्ष अभियान सफल नहुन पनि सक्छ।

सन् २०२० को जुलाईका लागि निर्धारित अन्तरिक्ष अभियानका ‌ निम्ति अबको परीक्षण महत्वपूर्ण हुनेछ। यो योजना अन्तर्गत मङ्गल ग्रहको सतहमा एउटा रुसी प्लाटफर्म र एक युरोपेली वाहन अवतरण गराउने उद्देश्य राखिएको छ।

स्वीडेनको किरुनामा गरिएको परीक्षणमा ३५ मिटर व्यास भएको एउटा मुख्य प्यारासुटको जाँच गर्न २९ किलोमिटर माथिबाट मंगलग्रहमा उतारिने वाहनहरूको संयुक्त तौलको प्रतिनिधित्व गर्ने नमुनालाई झारिएको थियो।

त्यो प्यारासुटको काम अन्तरिक्ष वाहनहरूलाई यानबाट मंगल ग्रहको सतहमा उतार्ने क्रममा तिनको गतिलाई कम गर्नु थियो, तर परीक्षणका क्रममा उक्त नमुना तौल तीब्र गतिमै जमिनमा ठोक्किन पुगेको छ।

र नमुना प्यारासुट पहिलो पटकको असफल परीक्षणमा जस्तै च्यातिएको थियो। \"यो परीक्षण आठ दिन अगाडि गरिएको थियो त्यसैले अझै हामी अध्ययन गरिरहेका छौँ। हामीले समस्या राम्रोसँग बुझेका छौँ तर अब यो समाधान गर्न हामीसँग एउटा मात्रै मौका छ,\" युरोपेली अन्तरिक्ष एजेन्सीका निको डेटमानले भने।

\"हामीसँग आगामी नोभेम्बर र अर्को वर्ष फेब्रुअरीमा परीक्षण गर्न सकिने मौका छ। त्यो बेला परीक्षण सफल भयो भने हामी जुलाईमा प्रक्षेपण गर्न सक्छौँ।\" उनले बीबीसीलाई भने: \"तर यतिबेला हामी यो समस्या समाधान गर्न सक्ने कुरामा विश्वस्त छौँ।\"

यदि एक्जोमार्सले सन् २०२० को मौका गुमाएमा अर्को मौका सन् २०२२ मा मात्रै आउने छ। मङ्गल ग्रहमा अन्तरिक्ष यान अवतरण गराउनका लागि आआफ्नै कक्षमा रही सूर्यको परिक्रमा गर्ने मङ्गल र पृथ्वी ग्रहबीचको दुरी अरू बेलाभन्दा सबैभन्दा कम हुनु पर्छ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy