काठमाडौ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन दिवङ्गत आफन्त तथा पितृको सम्झनामा निकालिने गाइजात्रा आज हनुमानढोकामा शुरु भएको छ । विशेषगरी काठमाडौँ उपत्यकाका नेवार समुदायले मृतात्माको शान्तिको कामना गर्दै शहरका विभिन्न स्थानबाट सिङ्गारिएका गाई, कुमारी, बालक तथा युवालाई नगर परिक्रमा गराइएको छ । गाईजात्रा हेर्न यहाँ स्वदेशी तथा विदेशी पर्यटकको भीड लागेको छ । बिहानैदेखि शुरु भएको उक्त जात्रामा टोलटोलबाट विभिन्न वेषभूषामा नाच निकालिएको छ ।
गाईजात्रा निकालेपछि मृतात्माले यमलोकमा प्रवेश पाउने विश्वासका साथ वर्षभर मृत्यु भएका व्यक्तिका आफन्तले सो जात्रा निकालेका हुन् । पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक व्यहारेका हुन्छन् भन्ने देखाउन तात्कालिन राजा प्रताप मल्लले “जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू” भनी आदेश दिएकाले यो पर्व शुरु भएको धार्मिक मान्यता छ ।
केही दशकअघिदेखि गाई जात्राका अवसरमा हाँस्य र व्यङ्गसमेत प्रदर्शन हुँदै आएको छ । यसरी मृतकका घरघरबाट जात्रा निकालेर हनुमानढोकमा सामूहिक भेटघाट गराउँदा दुःखको पीडा कम हुने भएकाले पनि जात्राको लोकप्रियता बढेको हो । गाईजात्राका सहभागीलार्ई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ ।
आजै गाईजात्राका अवसरमा सङ्घसंस्थामा आबद्ध तेस्रो लिङ्गीहरू सामूहिकरूपमा ठमेलमा भेला भएर निकालेको गाईजात्राको दृश्य हेर्न लायकको थियो । पहिचानका लागि लामो समयदेखि सङ्घर्ष गरिरहेका उनीहरुले केही वर्षदेखि गाईजात्रा निकाल्नाका साथै सांस्कृतिक कार्यक्रम पनि गर्दै आएका हुन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: