Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

अब प्लाष्टिक झोला र बोत्तल प्रतिबन्ध

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा प्लाष्टिक झोला र बोतलको प्रयोगमा पूर्णरूपले प्रतिबन्ध लगाइने भएको छ । वातावरण र मानव स्वास्थ्यमा पर्न जाने असरलाई मध्यनजर गर्दै गाउँपालिकाले प्लाष्टिक झोला र बोत्तल बन्द गर्ने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रमअनुसार गाउँकार्यपालिकाले उक्त निर्णय पारित गरेको प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेले जानकारी दिए । आउँदो पुस १६ गतेदेखि लागू हुने गरी खुम्बु क्षेत्रभित्र ३० माइक्रोन्सभन्दा कम तौलका प्लाष्टिक र पेय पर्दाथका प्लाष्टिकजन्य बोतललाई निषेध गरिएको छ । गाउँपालिकाले तोकेको समयभन्दा अगाडि त्यस क्षेत्रका नागरिकलाई पाँच प्रकारको झोला वितरण गर्ने जनाएको छ ।

मानवीय क्रियाकलापका कारण जलवायुमा प्रतिकूल असर परेको, हिमालमा हिउँ सुक्दै जान थालेको तथा जनस्वास्थ्यमा समेत असर पर्ने देखिएकाले प्लाष्टिक निषेध गरिएको गाउँपालिका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए । प्लाष्टिक नकुहिने र जलाउँदा समेत वातावरणसँगै मावन स्वस्थ्यमा समेत असर गर्ने भएकाले निषेध गरिएको प्रवक्ता शेर्पाको भनाइ छ ।

उक्त गाउँपालिकाभित्र विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जनौँ हिमाल रहेका छन् । यही हिमालका कारण यस गाउँपालिकामा वर्षेनी ५० हजारभन्दा बढी पर्यटक खुम्बु आउने गर्छन । विश्व सम्पदा सूचीमा रहेको सगरमाथासमेत रहेको सो गाउँपालिका पर्यटकीय हिसाबले अति महत्वपूर्ण मानिन्छ । यस क्षेत्रमा हुने हरेक क्रियाकलाप पर्यावरणमा असर नपर्ने खालको हुनुपर्ने सरोकारवालको सुझाव छ ।

गाउँपालिका केन्द्रमा यस वर्षदेखि सडक सञ्चालन गर्ने गरी काम भइरहेको गाउँपालिका प्रवक्ता लाक्पाछिरी शेर्पाले बताए । उनले भने, “सडक निर्माण गर्दा पनि हामी वातावरणलाई ध्यान दिन्छौँ ।” वातावरण संरक्षण गर्न नसकेको खण्डमा यस क्षेत्रको पर्यटनमा समेत नकरात्मक असर पर्ने उहाँको भनाइ छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy