काठमाडौं । यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट सहभागी हुने खेलाडी छनोट गरिएको छ ।यही भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि नेपालले आज रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो । सो टोलीमा छनोट हुनेहरूमा कप्तान पौडेलसहित रित गौतम, पवन सर्राफ, मोहमद आसिफ शेख, सन्दीप जोरा, भीम सार्की, कुशल मल्ल, रशिद खान, कमल सिंह ऐरी, सूर्य तामाङ, सागर ढकाल, हरिबहादुर चौहान, खडक बोहरा, लोकेश बम र प्रतिष जिसी छन् ।
यही भदौ २० आयोजना हुने उक्त प्रतियोगिता उद्घाटनका अवसरमा नेपालले गते श्रीलङ्कासँग प्रतिस्पर्धा गर्ने भएको छ। एसियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’मा परेको छ । नेपालको समूहमा आयोजक श्रीलङ्कासँगै बङ्गलादेश र संयुक्त अरब इमिरेटस (युएई) रहेका छन् ।त्यसैगरी समूह ‘ए’मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल भदौ २२ गते बङ्गलादेशसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल भदौ २४ गते युएईसँग खेल्नेछ ।
राउन्ड रोबिन लिगपछि दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । गत असार महीनामा मलेसियामा सम्पन्न एसिसी यू–१९ इन्टर्न रिजनको उपाधि जितेर नेपाल एसिया कपमा छनोट भएको थियो । त्यतिबेला नेपालले फाइनल खेलमा हङकङलाई छ विकेटले पराजित गर्दै उपाधि हासिल गरेको थियो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: