पोखरा । झण्डै चार दशक अघि गएको पहिरो सम्झदा ९२ वर्षिय धनराज गुरुङको मन अझै पनि चसक्क हुन्छ । विसं २०३३ जेठ २२ गते कास्कीको भगवतीटार (माझठाना)मा बिहान ६ बजेतिर गएको पहिरोपछि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा नपाउँदा उनलाई उक्त घट्नाले अझै पिरोलीरहेको छ ।
तत्कालीन समयमा सरकारले भगवतीटार (माझठाना)का बाढीपीडितमध्येका २३२ परिवाररलाई कास्कीकै साबिक छिनेडाँडा गाउँ पञ्चायतको वडा नं २, ४ र ९ मा पुनर्वास गराएको थियो । वडा नं २ र ४ अहिलेको पोखरा महानगरपालिका–१४ मा पर्दछन् । वडा नं ९ महानगरको १५ नं वडामा पर्दछ ।
पुनर्वास गराइएकामध्ये केही समयपछि ७२ परिवारलाई कैलाली लगिएको र तीमध्ये १९ परिवार पुनः यही ठाउँमा आएको गुरुङले जानकारी दिए । “पहिरोका कारण आफ्नो थातथलो छोडेर हिँड्नु परेको पीडा त छँदैछ, सरकारले तत्कालीन अवस्थामा पुनर्वास गराएपनि भोगचलन गर्दै आएको जमीनको लालपुर्जा अहिलेसम्म पनि पाउन सकेका छैनौँ”, दुःखेसो व्यक्त गर्दै गुरुङले भने ।
तत्कालीन समयमा मन्त्रिपरिषद्बाटै निर्णय गरी सरकारले पुनर्वास गराउँदा प्रति घरधुरी घरवासका लागि १२ आना र खेतीबालीका लागि सात रोपनी चार आना गरी आठ रोपनी जग्गा उपलब्ध गराएको उनले जानकारी दिए । त्यसपछि केही व्यक्तिले जेनतेन लालपुर्जा लिए पनि अझै आफूजस्ता ३० घरपरिवार लालपुर्जाकै खोजीमा भौँतारिनुपरेको उनले गुनासो पोखे।
चार नाति र एक नातिनीका हजुरबुबा गुरुङ यतिखेर परिवारका सदस्य र अन्य आफूजस्तै पीडितले सरकारबाट उपलब्ध गराइएको जग्गाको पुर्जा पाएको हेर्ने इच्छा रहेको बताउछन् ।
गुरुङका अनुसार सरकारले तत्कालीन समयमा घरवास निर्माणका लागि प्रतिपरिवार एक÷एक हजार उपलब्ध गराएको थियो । त्यस समयमा एक हजार रुपैयाँले यही ठाउँमा पुर्जासहितको झण्डै १५ रोपनीसम्म जग्गा किन्न पनि पाइन्थ्यो ।
भोगचलन गर्न पाए पनि पुर्जा नभएकै कारण केही काम गरौँ भने पनि बैंकबाट ऋण निकाल्न नसकिनु जस्ता धेरै समस्याले आफूहरुलाई पिरोलेको अर्का पीडित क्षेत्रबहादुर गुरुङले बताए । पहिरो जाँदाकै भोलिपल्ट जन्मिएका क्षेत्रबहादुर अहिले ४३ वर्ष पुग्नुभयो । सरकारले भोगचलन गर्न दिएकै जग्गामा हुर्के बढेका उनी आफू जान्ने बुझ्ने भएदेखि लालपुर्जाकै खोजीमा भौँतारिँदै आएको छन् ।
आफू जन्मेसँगै हजुरबुबा रामजीत, बुबा गिरिराजसहितको परिवार त्यसबेलादेखि नै सरकारले उपलब्ध गराएको जग्गामा बस्दै आएको उनले बताए । “लालपुर्जा पाउन हजुरबुबा, बुबा हुँदै गर्दै आएको सङ्घर्षमा यतिखेर आफू तेस्रो पुस्ताको व्यक्ति लागिरहेको छु”, उनले भने, “यस बीचमा धेरै चुनाव पनि भए, भोट माग्न आउँदा लालपुर्जा उपलब्ध गराइदिन्छौँ, समस्या समाधान गर्छौं भन्छन्, जितेपछि फेरि बेवास्ता ।”
पञ्चायती शासन व्यवस्थादेखि बहुदलीय प्रजातन्त्र हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासम्म आइपुग्दा पनि आफूहरूको समस्या ज्यूँको त्यूँ रहेको पीडितको गुनासो छ ।
लालपुर्जाकै अभावमा आफूहरू विकल्पविहीन बनेको अर्की पीडित सकुन्तला गुरुङले बताए । कास्कीमा २०३३ साल जेठ २२ गते भगवतीटार (माझठाना) मा गएको पहिरोलाई जिल्लाकै ठूलो प्राकृतिक विपत्तिका रुपमा लिइन्छ । उक्त पहिरोका कारण कैयौँ घरपरिवार विस्थापित बन्नाका साथै भगवतीटार खड्खडे बजारमा ९६ जनाको मृत्यु भएको गुरुङले जानकारी दिए । खड्खडे बजार तत्कालीन समयमा तनहुँ, लमजुङ लगायतका स्थान जाने मुख्य नाका थियो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: