काठमाडौ । संसदीय समिति र सम्बन्धित मन्त्रालयबीचको सामान्य बुझाइमा अन्तर हुँदा सरकारले ल्याएका विधेयक प्रभावित हुने गरेका छन् ।
सरकारले मुलुकको औद्योगिक वातावणलाई लगानीमैत्री तथा प्रतिस्पर्धी बनाउने उद्देश्यले ल्याएको औद्योगिक व्यवसायसम्बन्धी विधेयकमाथिको छलफलका क्रममा आज प्रतिनिधिसभाको उद्योग तथा वणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समिति सभापति र उद्योगमन्त्रीको बुझाइमा अन्तर हुँदा छलफल नै प्रारम्भ हुन सकेन् ।
बैठकको शुरुआतमा नै उद्योगमन्त्री मात्रिकाप्रसाद यादवले आफू अनुपस्थित भएको बेला विधेयकका केही दफा पारित गरिएको भन्दै गुनासो गरेका थिए । लगत्तै समिति सभापति बिमल श्रीवास्तवले त्यसदिनको बैठकमा मन्त्री अनुपस्थित भए पनि मन्त्रालयका सचिवलगायत कर्मचारीलाई बोलाएर छलफल गरिएको बताएका थिए ।
झण्डै डेढ घन्टा चलेको बैठकमा एक अर्काबीच गुनासोको दोहोरी चलेपछि कार्यसूचीमाथि छलफल नै हुन सकेन । आजको बैठकमा औद्योगिक व्यवसाय विधेयक, २०७५ माथि अन्तिम छलफल गरी पारित गर्ने कार्यसूची राखिएको थियो ।
मन्त्री र सभापतिको गुनासो सुनेका समितिका सदस्य पनि मन्त्री र सभापतिलाई सम्झाउन नै व्यस्त देखिन्थे । बैठकमा समितिका सदस्य देवेन्द्र पौडेलले कुनै पनि विवाद नगरी आसपसी विश्वासका आधारमा अगाडि बढ्नुपर्ने बताएका थिए । समिति सदस्य बिन्दा पाण्डेले समितिबाट विधेयकले अन्तिम रुप नपाएसम्म जुनसुकै दफामाथि पुनः छलफल गर्न सकिने बाटो खुला रहेको बताए ।
विधेयकलाई अन्तिम रुप दिन भन्दै यही भदौ २ गते पनि बैठक राखिएको थियो । उद्योगमन्त्री यादव उपत्यका बाहिर रहेकाले सो दिन बैठक स्थगित भएको थियो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: