Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

‘माधव नेपालको फरक मत हाम्रो सम्पत्ति हो’

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले पार्टीभित्र बहस भएको विषयलाई थेग्नै नसक्ने गरी विवाद भएको नभन्न आग्रह गरेका छन् ।

शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा नेकपाका स्थायी समिति सदस्यद्वय देवेन्द्र पौडेल र आनन्दकुमार पोखरेलले नेकपा विचार केन्द्रित पार्टी भएकाले छलफल, विचार र बहस हुनु नौलो कुरा नभएको जिकिर गरे । नेता पौडेलले भने, ‘हाम्रो पार्टीभित्र नेताहरुबीच भएका बहस, विचार र मन्थन थेग्न नसक्ने र सम्हाल्न नसक्ने खालका होइनन् । आन्तरिक रुपमा हामी हल गर्छौं ।’

पौडेलले पार्टीको एकता महाधिवेशनसम्म सहमति र समझदारीका साथ अघि बढ्ने विश्वास दिलाए । उनले भने, ‘जनताको विश्वास जितेर अघि बढ्नुपर्छ । नेताहरुलाई मिलाएर जाने दायित्व छ । हामीले जनताको विश्वास जित्न सक्नुपर्छ ।’ उनले कम्युनिष्ट पार्टीमा स्वर्गीय एकत्व हुनुपर्नेमा जोड दिए । उनले भने, ‘को सिनियर, को जुनियर भन्ने कुरा यो त पार्टीभित्रको स्वभाविक र जीवन्त प्रक्रिया हो । पार्टीका बैठकहरुमा यस्तै खाले कुराहरु हुन्छन् ।’

पार्टीभित्र आन्तरिक विवाद भयानक नै भयो भन्ने बाहिरी हल्लामा सत्यता नभएको उनले जिकिर गरे । पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले राखेको ‘नोट अफ डिसेन्ट’ पार्टीको सम्पत्ति भएको उनले बताए । नेता पौडेलले भने, ‘पार्टीभित्र कुरा राख्दा के नौलो भयो र ? ढुक्क हुनुहोस्, पार्टी एकीकरण धेरै कुरा भइसकेका छन् ।’

अर्का स्थायी समिति सदस्य आनन्दकुमार पोखरेलले सिंगो कम्युनिष्ट आन्दोलनभित्र मतभेद, विभेद रहँदै आएको सुनाउँदै अहिले पार्टीभित्र भएको छलफल तथा बहसलाई ठूलो रुपमा लिन नहुने स्पष्ट पारे । उनले तत्कालिन माओवादी केन्द्र र नेकपा एमालेको लक्ष्यमा भिन्नता नभएको पनि सुनाए ।

नेता पोखरेलले भने, ‘बैठकमा माधवकुमार नेपालले नोट अफ डिसेन्ट राख्नुभयो, यसलाई हाउगुजी बनाइयो । यसमा अतिशयोक्ति प्रचार भयो, हुन त यो मिडियाको आफ्नो धर्म पनि होला । तर बैठकमा पत्रकारहरु त हुनुहुन्थेन ।’

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending