बारा । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाउ, बेटी पढाऔँ’ प्रदेश सरकारको अभियानलाई उचाइमा पु¥याउनका लागि सबैलाई आग्रह गरेका छन् । कलैयास्थित नेरा मावि मदर्शामा ‘मुख्यमन्त्री बेटी बचाऔँ बेटी पढाऔँ’ अभियानअन्तर्गत साइकल वितरण कार्यक्रममा उनले समाजमा छोरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको दाबी गरे ।
समाजमा छोरीलाई विभिन्न प्रकारले हेला गर्न थालेका कारण प्रदेश नम्बर २ सरकारले सो अभियान ल्याएको मुख्यमन्त्री राउतले बताए । छोरा सरह छोरीलाई पनि शिक्षाको मूलधारमा ल्याउन अभियान निकै सार्थक भएको उनको भनाइ छ ।
मुख्यमन्त्री राउतले सङ्घीय सरकारका कारण प्रदेशमा चाहे जस्तो विकास गर्न नसकेको आरोप लगाए । उनले भने, ‘प्रदेश नं २ लाई सङ्घीय सरकारले कुदृष्टिले हेरिरहेको छ ।’
प्रदेश नम्बर २ का अर्थ राज्यमन्त्री उषा यादवले तराई मधेशको जनताको अधिकार दिलाउनका लागि प्रदेश सरकार लागिपरेको बताइन् । कार्यक्रममा सांसद रामबाबुकुमार यादव, प्रदेशसभा सदस्य ज्वालाकुमारी साह, पारस साह, मोहमद समिर, प्रल्लाह गिरी, जगत अन्सारीलगायतको उपस्थिति थियो । कार्यक्रममा कक्षा ८ मा अध्ययनरत ९२ छात्रालाई मुख्यमन्त्री राउतले साइकल वितरण गरेको शिक्षिका सावित्री शर्माले जानकारी दिइन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: