Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

सिरियामा भएका आक्रमणमा १५ जनाको मृत्यु

न्यूयोर्क । गृहयुद्धमा फसेको सिरियाको उत्तर पश्चिममा गत सप्ताहान्तमा भएका हिंसात्ममक घटनामा कम्तीमा १५ जना सर्वसाधारणको मृत्यु भएको छ ।

राष्ट्रसंघका प्रवक्ता स्टेफान डुराजिकले इड्लिब, उत्तरी हामा र पश्चिमी अलेप्पो समेतका सिरियाका उत्तर पश्चिम क्षेत्रमा जारी हिंसाका कारण सर्वसाधारणको मृत्यु हुनेक्रम नरोएिको बताए ।

राष्ट्रसंघीय मानवीय सहायता संयोजन कार्यालयका अनुसार चार जना बालबालिका समेत १५ जनाको मृत्यु भएको जनाएको छ ।

डुराजिकले इड्लिबमा मात्र विस्थापित व्यक्तिहरुले १०० भन्दा बढी स्कुलहरुमा शरण लिइरहेको बताए । विस्थापित मानिसका निम्ति बनाइएका अस्थायी शिविरमा पहिल्यैदेखि मानिसको भिडभाड छ, र हजारौं मानिस बस्ने ठाउँ नपाएर खुला आकाशमा बस्न बाध्य छन् – डुराजिकले बताए।

प्रवक्ता डुराजिकले चार महिना अघिदेखि भड्किएको पछिल्लो हिंसाका कारण झण्डै पाँच लाख ७५ हजार मानिस विस्थापित भएको जानकारी दिए । धेरै मानिस पाँच पटकसम्म घरबाट विस्थापित हुनु परेको छ । धेरै बालबालिका शिक्षाको अवसरबाट बन्चित भएका छन् । डुराजिकले द्वन्द्वरत सबै पक्षलाई परिस्थिति सामान्य बनाउन आग्रह गरे ।

पछिल्लो समय सिरियाली फौजले रुसी सहयोगमा इड्लिब र हामा समेतका क्षेत्रमा आक्रमण तिब्र बनाएको छ । सिरियाको छिमेकी टर्की र इजरायलले पनि सिरियाका विभिन्न ठेगानमा बमबारी गरेका छन् ।सिन्ह्वा

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending