जनकपुरधाम । चर्को गर्मी र अनियमित विद्युत् आपूर्तिको दोहोरो मारमा परेका मधेसवासीको दैनिकी कठिन बन्दै गएको छ। दिनहुँ हुने अघोषित विद्युत् कटौतीले जनजीवन अस्तव्यस्त बनाउनुका साथै नागरिकमा आक्रोश पनि बढिरहेको छ।
जलेश्वर नगरपालिका–२ की जानकी साहका लागि गर्मी सहनु नै चुनौती बनेको छ। उनी भन्छिन्, “पटक–पटक बत्ती जाँदा हैरान भइसक्यौँ, फोन गर्दा प्राविधिक समस्या भन्दै टारिन्छ।”
यो समस्या जलेश्वरका धेरै बासिन्दाको साझा अनुभव बनेको छ। जलेश्वर–३ का राजु पाण्डे र वडा नम्बर–४ का सुरेश झा पनि नियमित विद्युत् आपूर्तिको अभावले दैनिक जीवनदेखि व्यापार–व्यवसायसम्म प्रभावित भएको बताउँछन्।
पाण्डे भन्छन्, “यदि प्राविधिक समस्या हो भने दीर्घकालीन समाधान खोज्नुपर्छ, नागरिकलाई अन्धकारमा राखेर जिम्मेवारीबाट पन्छिन मिल्दैन।”
दैनिक जीवनमै असर
विद्युत् कटौतीका कारण घरायसी काम मात्र होइन, स्वास्थ्य सेवा, शिक्षा र साना व्यवसायसमेत प्रभावित भएका छन्। पङ्खा र कुलरजस्ता उपकरण नचल्दा बालबालिका, वृद्धवृद्धा र बिरामी सबैभन्दा बढी प्रभावित भएका छन्।
स्थानीयवासीका अनुसार बिनासूचना हुने विद्युत् कटौतीका कारण इलेक्ट्रोनिक उपकरण बिग्रिने समस्या पनि बढ्दो छ।
वितरण केन्द्रको स्पष्टीकरण
जलेश्वर वितरण केन्द्रका प्रमुख इन्जिनियर रोशन कुमार सिंहले नागरिकको गुनासो जायज भएको स्वीकार गर्दै प्राविधिक तथा संरचनागत समस्याका कारण आपूर्तिमा अवरोध आएको बताए।
उनका अनुसार, “हामी रौजामा ट्रान्सफर्मर जडान गर्न खोजिरहेका छौँ तर स्थानीय सहयोग अभावले काम प्रभावित भएको छ।” साथै, अत्यधिक लोड र एउटै ३३ केभी स्रोतमा निर्भर रहनुपरेका कारण समस्या देखिएको उनले बताए।
लाइन विस्तार र ट्रान्सफर्मर जडानपछि समस्या क्रमशः कम हुने उनको दाबी छ।
जनकपुरधाममै पनि उस्तै समस्या
मधेस प्रदेशको राजधानी जनकपुरधाममै पनि अघोषित विद्युत् कटौतीले जनआक्रोश बढाएको छ। जनकपुरधाम उपमहानगरपालिका–८ का रोशन राउतका अनुसार बिनासूचना लाइन काटिँदा दैनिक जीवन प्रभावित भइरहेको छ।
यस्तै, वडा नम्बर–१० का निकेश कर्णले विद्युत् कटौतीका कारण घरायसी उपकरण बिग्रिने जोखिम बढेको बताए।
४ अर्बको सुधार योजना
नेपाल विद्युत् प्राधिकरण मधेस प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियैत यादवका अनुसार प्रदेशभर करिब २३ वितरण केन्द्रमार्फत विद्युत् आपूर्ति भइरहेको छ। अत्यधिक गर्मीका कारण ट्रान्सफर्मर र उपकरणहरू ओभरलोड भएर समस्या देखिएको उनले बताए।
उनका अनुसार, करिब ४ अर्ब रुपैयाँको लगानीमा ५२५ नयाँ ट्रान्सफर्मर जडान गर्ने परियोजना सुरु भइसकेको छ। यसले आगामी दिनमा आपूर्ति प्रणाली सुधार हुने अपेक्षा गरिएको छ।
दीर्घकालीन समाधानको माग
करिब ६४ लाख जनसंख्या रहेको मधेस प्रदेशमा विद्युत् आपूर्ति शिक्षा, स्वास्थ्य, उद्योग र दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको छ। त्यसैले उपभोक्ताले तत्काल भरपर्दो र नियमित विद्युत् आपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरिरहेका छन्।
तर समस्या समाधानका लागि घोषणा भएका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन भए मात्र मधेसले राहत पाउने देखिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...
श्रावण ९ गते, २०८३ - ०८:५५
काठमाडौं । सनातन वैदिक परम्पराअनुसार आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा स...
श्रावण ९ गते, २०८३ - ०८:५२
हेटौँडा । मकवानपुरको हेटौँडास्थित एक होटलबाट विगत छ महिनादेखि अनलाइनमार्फत ठगी धन्दा सञ्चालन भइरहेको खुलेपछि प्रहरीले तीन भारतीय नागरिकसहित होटल सञ्चा...
श्रावण ९ गते, २०८३ - ०८:४६
वर्षायाममा ज्यान जोखिममा राखेर खोला तर्दै स्थानीय
श्रावण ९ गते, २०८३ - ०८:४०
काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गमा यातायात प्रभावित भएको छ। कोशी र बागमती प्रदेशका मुख्य सडकमा कतै पूर्ण र...



प्रतिकृया लेख्नुहोस्: